चन्द्रकोट ६ क्वाङदीमा जिप दुर्घटना, ५ जना घाइते

0 461

प्रतिक खबर ब्यूरो
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ६ क्वाङदीमा जिप दुर्घटना भएको छ । चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर बजार देखि रुपाकोट जाँदै गरेको जीप दुर्घटना भएको हो । लु १ ज १८३४ नम्बरको गाडी दुर्घटना हुँदा चालक सहित ५ जना घाएते भएका छन भने एक जनाको अवस्था सामान्य रहेको छ ।

जसमा १ जना बच्चा बाग्लुङ्ग बरेङ्ग गाउँपालिका वडा नम्बर ३ का ७ वर्षिय संगित परियार घाइते भएको इलाका प्रहरी कार्यालय शान्तिपुरले जनाएको छ । घाइतेहरुलाई गुल्मी अस्तपताल पठाउन लागिएको शान्तिपुर इलाका प्रहरी चौकीका प्रहरी सायक निरीक्षक वीरबहादुर रोकाले बताए । जिप सडकबाट ५–६ मिटर तल खसेको छ । थप बिवरण आउन बाँकी छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।