गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय युवक पक्राउ

0 130

प्रतिक खबर ब्यूरो
भदौ १६,२०७९ गुल्मीः गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ४ नयाँपोखराकी ६५ वर्षीय वृद्धालाई सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर सार्कीले घरमा एक्लै भएको मौका छोपी भदौ १३ गते साँझ करिब ६ बजे जवरजस्ती करणी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

फरार रहेका सार्कीलाई खोजतलास गर्दा गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । निजलाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।