गुल्मीमा राष्ट्रिय खेलाडी थमन भुसाल सम्मानित

0 606

सूर्य सुनार भदौ १७, गुल्मी
च्यासल क्लबको एसिस्टेन कोच थमन भुसाललाई जिल्ला खेलकुद विकास समिति गुल्मीले सम्मान गरेको छ । शुक्रबार जिल्ला खेलकुद विकास समिति कार्यालय गुल्मीले एक कार्यक्रमका बिच भुसाललाई सम्मान गरेको हो । जिल्लामा संचालित राष्ट्रिय नवौँ खेलको तयारीमा उनले फुटबल खेलाडी छनोटमा महत्वपूर्ण सहयोग गरेको भन्दै सम्मान गरेको हो ।

कर्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष नारायण जिसीले सम्मान गर्दै भुसालले खेलकुद क्षेत्रमा गरेको कामको प्रशंसा गरेका थिए । जिसीले आगमी दिनमा पनि जिल्ला खेलकुद विकास समिति संग जोडिएर काम गर्न भुसाललाई आग्रह गरेका थिए ।
नवौँ राष्ट्रिय खेलकुदमा गुल्मी जिल्लाबाट फुटवल सहित विभिन्न खेलमा सहभागि हुदै छ । त्यसको तयारीको लागि चिदीचौरमा खेलाडी छनोट कार्यक्रम भइरहेको जिल्ला खेलकुद विकास कार्यालय गुल्मीले जनाएको छ ।

सम्मानित भएका भुसाल राष्ट्रिय खेलाडी समेत हुन् । उनी लामो समयदेखी खेल क्षेत्रमा सक्रिय छन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष नारायण जिसी, कोषाध्यक्ष सुरेज श्रेष्ठ, लुम्विनी प्रदेश खेलकुद परिषद सदस्य भरत थापा, पूर्व कोषाध्यक्ष महेश काउछा, खेलपे्रमी राजु पाण्डे लगायतको उपस्थित रहेको कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका सदस्य सागर सोमैले गरेका थिए ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।