रेसुङ्गा क्याम्पसलाई नगरपालिकाको एक करोड सहयोग

0 216

गुल्मी । गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले यस आर्थिक वर्षमा एक करोड सहयोग गर्ने भएको छ । नगरप्रमुख खिलध्वज पन्थीले शनिबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि गुल्मीको भाग्य र भबिष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए । ‘गुल्मीको समुन्नतिको आधार रेसुंगा क्याम्पस नै हो ।’ पत्रकार सम्मेलनमा पन्थीले भने, “नगरपालिका शैक्षिक धरोहर जोगाउन प्रतिबद्ध छ ।” क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट जोगाउनका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने नगरपालिका प्रमुख पन्थीले बताएका छन् । संचालक समितिले आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको शैक्षिक धरोहर भनिएको रेसुंगा बहुमुखी क्याम्पसलाई नगरपालिकाले एक करोड सहयोग गर्नेभएको हो ।

‘राजनीतिक पार्टीमा क्रियाशील प्राध्यापकहरु छन् । उनीहरुको कटौतीबीना क्याम्पसको आर्थिक दायित्व घट्दैन, के गर्नुहुन्छ ’ भन्ने पत्रकारको प्रश्नमा नगरपालिका प्रमुख पन्थीले आफू निर्मम बन्ने बताएका छन् । उनले कुनै राजनितीक पार्टी, नातागोता, इष्टमित्र र कुनै बहाना नदेखाई प्राध्यापक र कर्मचारी कटौतीमा सहयोग गर्ने संकेत गरेका हुन् ।

आफू नेपाली काँग्रेस गुल्मीको सभापति समेत रहेकोले सबै पालिकाका प्रमुखहरुलाई सहयोगका लागि अपिल र आग्रह गरेको पनि बताए । वास्तविक अवस्था संचालक समितिले बाहिर ल्याएको भन्दै पन्थीले अब दीर्घकालीन समाधान सबै मिलेर गर्नुुपर्ने बताए ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।