गुल्मीको जोगिथुममा चिटिक्क बन्यो भगवती

0 195

अनिल खत्री
१९ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ जोगिथुममा जोगिथुम भगवतीको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले एक कार्यक्रमका बिच नवनिर्मित मन्दिरको उद्घाटन गरेका हुन् ।
मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले हामी, हाम्रो समुदाय, हाम्रा धर्म–संस्कृति, मठ–मन्दिरहरुमा सबैको संरक्षण र सम्बर्द्धन गर्नु साझा दायित्व रहेको उल्लेख गरे । रेसुङ्गा नगरपालिकाको गौरवको योजना अन्तर्गत रु ४४ लाख १९ हजार ६२८ रुपैयाँको लागतमा निर्माण भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद गौतमले बताए ।
मन्दिर उद्घाटन कार्यक्रममा सहयोग गर्ने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । मन्दिरको निर्माणका लागि यस अघिका नगरप्रमुख डिल्लीराज भुसालले ०७८ माघ २३ गते शिलान्यास गरेका थिए ।


यस भेगमै पुरानो मानिएको मन्दिरको नयाँ संरचना निर्माण आकर्षक बनेको छ । करिव २ सय वर्ष पहलेदेखि नै पुजा गरिदै आएको मन्दिरमा एक सय वर्ष पहिलेका घन्टीहरु रहेका छन् ।
यस मन्दिर रहेको स्थान नजिकै सिंगो गाउँमा आगलागी हुदा मन्दिर रहेको स्थानमा भने कुनैपनि क्षती नभएकाले पनि त्यस मन्दिर रहेको स्थानमा भगवानको शक्ति रहेको स्थानीयले बताउदै आएका छन् । मन्दिरमा सत्य मन वचनले पुजा आजा गर्नेहरुले आटेका कामहरु पनि पुरा हुने जनविश्वास रहि आएको स्थानीय झवि पाण्डेले बताए ।
प्रत्येक हप्ताको आइतबार पुजा हुने मन्दिरमा बिभिन्न मनोकांक्ष पुरा होस भनेर भाकलहरु पनि चढाउने गर्दछन् । जिल्लाका बिभिन्न स्थानबाट मन्दिरमा पुजा गर्न श्रद्धालु भत्तजनहरु पुग्ने गर्दछन् । मन्दिरमा वडादशैं, चैतेदशैं लगायतका पर्वहरुमा बिशेष पुज हुने गर्दछ । यस मन्दिरमा वडादशैंको पूर्णिमाको दिन ठूलो मेला पनि लाग्ने गर्दछ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।