गुल्मी १ मा एमालेबाट प्रदिप ज्ञवाली सिफारिस

0 168

गुल्मी । गुल्मी क्षेत्र नम्वर १ मा नेकपा एमालेबाट उपमहासचिव प्रदिपकुमार ज्ञवाली प्रतिनिधि सभा निर्वाचनका लागि एकल उमेदरवारका रुपमा पार्टीबाट सिफारिस भएका छन् । आज रिडीमा बसेको क्षेत्रिय भेलाले नेता ज्ञवालीलाई प्रतिनिधी सभा उमेदवारमा एकल सिफारिस गरेको जिल्ला पार्टी सचिव गणेश श्रीपालीले जानकारी दिए ।

त्यस क्षेत्रको दुई वटा प्रदेशका लागि छनौट प्रकृया चलिरहेको श्रीपालीले बताए । उता क्षेत्र नम्वर २ मा भने पार्टी सचिव गोकर्णराज बिष्टका अलवा राजेन्द्र अर्याल र शेषकान्त गौतम सहित तीन जना सिफारिस भई सकेका छन् ।

क्षेत्र नम्वर २ को क प्रदेश सदस्ष् उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, पुर्व मेयरद्धायस् डिल्लिराज भुसाल, र सोमनाथ सापकोटा, पूर्वउपमेयर सिता भण्डारी , मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस भएका छन् प्रदेश ख मा केन्द्रिय सदस्य, दिनेश पन्थी, अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल , खिमान्नद भण्डारी, लोक बहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका सो पार्टीले जनाएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।