गुल्मी २ मा कांग्रेसबाट चन्द्र केसीसहित ३ जनाको नाम सिफारिस

0 141

 

गुल्मी । नेपाली कांग्रेस गुल्मीले क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा निर्वाचनका लागि केन्द्रीय सदस्य चन्द्रबहादुर केसी सहित तीन जना नेतालाई उमेदवारका रुपमा सिफारिस गरेको छ ।

केन्द्रिय सदस्य केसी, महासमिति सदस्य डाक्टर दामोदर भुसाल र पूर्व महाधिवेशन प्रतिनिधि त्रैलोक्य प्रताप सेना सिफारिस भएको नेपाली कांग्रेस गुल्मीका पार्टी सचिव भगतसिंह् खड्काले जानकारी दिए । उनका अनुसार सोही क्षेत्रको प्रदेश क लागि भुवनप्रसाद श्रेष्ठ, चन्द्रबहादुर महत, माधव खरेल, लोक प्रसाद खरेल प्रदेश उमेदवारको सिफारिसमा परेका छन् । त्यस्तै प्रदेश ख मन लागि काँशीबहादुर बोहरा, शिवबहादुर केसी, झबिन्द्र घिमिरे र प्रकाश पोखरेल लगायत सिफारिस भएको जनाईएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।