गुल्मीमा एमाले र एकीकृत समाजवादीको एकता,, भ्रम फैलाएको समाजवादीको आरोप

0 226

प्रतिक खबर ब्यूरो
गुल्मी, २० भदौ ।

आसन्न निर्वाचनको मिति नजिकिदै गर्दा देशभर चुनावी सरगर्मी बढेको छ । स्थानिय तहका नेता कार्यकर्ता देखि केन्द्र तहका नेताहरु समेत चुनावी अभियानमा जुटन थालेका छन । यसै क्रममा सोमबार गुल्मीमा दुई पार्टी बिच पार्टी एकता हो र होइन भन्दै पत्रकार सम्मेलन गर्दै जुहारी चलेको छ ।

गुल्मीमा एमाले र एकीकृत समाजवादीको एकता भएको छ । नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप कुमार ज्ञवाली र सचिव गोकर्णराज बिष्टले जिल्ला पार्टी कार्यालय गुल्मीमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य खनाल र अध्यक्ष भण्डारीबीच आफुहरुको एकता भएको बताउनुभयो । नेकपा एमालेको तर्फबाट जिल्ला इञ्चार्ज दिनेश पन्थी र अध्यक्ष बालसिंह काउछा तथा समाजवादीको तर्फबाट खनाल र भण्डारीबीच आ–आफ्नो प्रेस विज्ञप्ती आदानप्रदान गरेर पार्टी एकता घोषणा गर्नुभएको हो । समाजवादीका केन्द्रीय सदस्य खनालले काँग्रेसलाई बोकेर आफु हिड्न नसकेको भन्दै वैज्ञानिक समाजवादको यात्रामा हिड्न एमालेमा समाहित भएको बताए ।

ad

नेकपा एमालेका केन्दीय उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य समेत रहनुभएका प्रदिप ज्ञवालीलले वामपन्थी एकता हुन जरुरी रहेकोले समाजवादी पार्टीका साथी एमालेमा समाहित भएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले प्रतिपक्षका बिरुद्ध सत्तापक्षले मोर्चाबन्दी गरेको इतिहासको नौलो घटनाले देशलाई बर्बादी गरेको आरोप लगाउनुभयो । देशलाई सही गनतब्यमा पुराउन एमालेले मात्र सक्ने दाबी गर्नुभयो । एमालेलाई कम्जोर बनाएर बामपन्थी एकता सार्थक नहुने उहाँको भनाई थियो ।

यता नेकपा एकीकृत समाजवादी गुल्मीले सोमबार नै पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गदै जिल्ला इञ्चार्ज र जिल्ला अध्यक्ष सहित केही कार्यकर्ता मात्र नेकपा एमालेमा प्रवेश गरेको उल्लेख गरेको छ । समाजवादी गुल्मीका उपाध्यक्ष राममल्ल ठकुरीले केन्द्रीय सदस्य समेत रहेका जिल्ला इञ्चार्ज गणेश खनाल र जिल्ला अध्यक्ष नरेश भण्डारीले पार्टी एकता भनेर एमालेमा समाहित भएपनि उनीहरु दुईसहित केही कार्यकर्ता मात्र एमालेमा प्रवेश गरी पदको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।

गुल्मी एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीको समेत गृहजिल्ला हो । उनी प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ मा चुनाव उठ्ने लगभग पक्का छ । जिल्ला इञ्चार्ज र अध्यक्ष नै एमालेमा गएपछि झाँक्रीलाई धक्का त लाग्ला तर पार्टी एकता भनेर घोषणा नै गर्नु भने गलत भएको बुद्धिजिवीहरुको तर्क छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।