२२ भदौ २०७९ काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नाबालिका जबर्जस्ती करणीको आरोप लागेको छ ।
काठमाडौँको एक कलेजमा अध्ययनरत किशोरीले हिजो बेलुकी काठमाडौँ प्रहरी परिषरमा जाहेरी दिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार गत भदौ ५ गते काठमाडौँको एक होटलमा सँगै बसेको र त्यहाँ आफूमाथि बलात्कार भएको पीडित किशोरीको दाबी छ ।
घटनाको भोलिपल्ट भदौ ६ गते सन्दीप केन्या जानुभएको छ । कप्तान लामिछाने हाल क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न वेस्टइन्डिजमा हुनुहुन्छ ।