माओवादी केन्द्र गुल्मी २ मा प्रतिनिधि र प्रदेश सभाका लागि ९ जना उम्मेदवार सिफारिस

0 162

भदौ २३ गुल्मी ।

नेकपा माओवादी केन्द्र गुल्मीले २ ले आगामी निर्वाचन मङ्सिर ४ को लागि प्रतिनिधि सभा र प्रदेश सभाको लागि ९ जना उम्मेदवार सिफारिस गरेको छ । आज बसेको नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ को समन्वय समितिको बैठकले उम्मेदवारहरु नाम सिफारिस गरेको क्षेत्र नम्बर दुईका संयोजक देवीराम अर्यालले जानकारी दिए।
सो पार्टीले प्रतिनिधिसभाको लागि पार्टीका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज वीर बहादुर कार्की,प्रदेश कमिटी सदस्य निम बहादुर पाण्डे र युवा नेता भिमकान्त भण्डारीलाई सिफारिस गरेको छ ।
त्यस्तै प्रदेश तर्फ प्रदेश क बाट प्रदेश कमिटी सदस्य खुम बहादुर थापा, माओवादी केन्द्र गुल्मीका जिल्ला सदस्य ठाकुर पाण्डे , प्रदेश कमिटी सदस्य दुर्गा विक सिफारिसमा परेका छन भने प्रदेश ञखञ बाट जिल्ला संयोजक बुद्धि जिसी,महिला नेत्री तथा प्रदेश कमिटी सदस्य विनिता रोका र धुर्कोट गाउँ कमिटिका अध्यक्ष गोपाल बुढा सिफारिसमा परेका छन् ।
त्यस्तै समानुपातिक तर्फ गुल्मी २ प्रदेश ख बाट महेन्द्र विसी र उषा बुढा मगर सिफारिसमा परेको सो पार्टीले जनाएको छ ।


क्षेत्र नम्बर २ का संयोजक देवीराम अर्यालको अध्यक्षता तथा केन्द्रिय सल्लाहकार टङ्क पोख्रेलको प्रमुख आतिथ्यमा बसेको बैठकले चुनावी तयारी संगै आगामी रणनीतिको बारेमा समेत विभिन्न निर्णय गरेको छ । गठबन्धन भए गठबन्धनका साझा उम्मेदवार नभए माओवादीका उम्मेदवारलाई जिताउने गरि चुनावमा होमिन पार्टीले कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।