५६ औ अन्तराष्ट्रिय साक्षरता दिवसः चन्द्रकोटमा वक्त्तृत्वकला प्रतियोगिता सम्पन्न

0 377

महेश बोहरा ।
गुल्मीको चन्द्रकोट गाउँपालिका ५६ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन । बिहीबार गाउँपालिकाको परिसरमा प्रभातफेरी कार्यक्रमका साथ विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।
दिवसको अवसरमा आयोजित पालिकाका अन्तर माध्यमिक तह वक्त्तृत्वकला प्रतियोगिता एवम् उत्कृष्ट विद्यार्थी तथा सेवानिवृत शिक्षकहरुलाई सम्मान गरिएको छ । अन्तर माध्यमिक तह वक्त्तृत्वकला प्रतियोगीतामा ९ वटा बिद्यालयहरुको सहभागीता रहेको थियो । “साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण” भन्ने मुख्य नाराका साथ प्रतियोगिताको आयोजना गरिएको थियो ।


जसमा ज्ञानोदय माध्यमिक बिद्यालय मजुवाका छात्रा समिक्षा सापकोटा प्रथम, शारदा माध्यमिक बिद्यालय, दिबु्रङ्ग सराङका छात्रा एलिस्मा वि.क. द्वितीय, ग्वाघा माध्यमिक बिद्यालयका छात्रा दिपा बसेल तृतीय हुन सफल भएका छन । भने उदय माध्यमिक बिद्यालय, शान्तिपुरका छात्र मनिस अधिकारी सान्त्वना स्थान हसिल गर्न सफल भएका छन ।


सोही कार्यक्रममा मिति २०७८ पौष २५ गते देखि  यहि भाद्र २२ सम्म शिक्षण पेशाबाट सेवानिवृत भएका २ जना शिक्षकलाई समेत सम्मानित गरिएको छ । यस्तै शैक्षिक सत्र २०७८ मा गाउँपालिकाबाट संचालित कक्षा ५ र ८ तथा राष्ट्रिय परीक्षा बोर्डबाट संचालित १० र १२ को अन्तिम परीक्षामा गाउँपालिका स्तरमा उच्चतम् जिपिए प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई समेत सम्मान गरिएको छ ।

ad


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष युवराज केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल, वडाध्यक्ष, गाउँपालिका भित्र रहेका बिद्यालयका शिक्षक तथा बिद्यार्थी एव कर्मचारीको सहभागीता रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले कोही पनि शिक्षाबाट बञ्चित हुन नपर्ने भनाई राखेका थिए । आगामी दिनहरुमा यस्तै रचनात्मक कार्यक्रमको आयोजना गर्ने वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले बताए ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।