चन्द्रकोट २ विशुखर्कमा देवकोटालाई चक्कु प्रहार गर्ने सुनार पक्राउ

0 2,866

गुल्मी, भदौ २४ । ३ दिन अघि गुल्मीको चन्द्रकोटमा एक युवकलाई चक्कु प्रहार गरि गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ परेका छन् ।

चन्द्रकोट गाउँपालिका–२ भञ्ज्याङ्ग निवासी ३१ बर्षीय बिष्णु प्रसाद देवकोटालाई भाद्र  २१ गते साँझ ९ बजे चक्कु प्रहार गर्ने स्थानीय ४६ बर्षीय दुर्गाबहादुर सुनार पक्राउ परेका हुन् ।

निजलाई पक्राउ गरि ज्यान मार्ने उद्योग कसुरको मुद्धा अदालतमा दर्ता गरि म्याद थप समेत गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

ad

गम्भीर घाइते देवकोटाको गुल्मी अस्पतालमा उपचार हुन नसकी लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपभचारका लागि पठाईएको जनाईएको छ ।

मदिरा सेवन गरि निजले विवाद निकालेर चक्कु प्रहार गरि टाउकोमा गम्भीर घाईते बनाएको प्रहरीको भनाई छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।