रेसुङ्गा क्याम्पसका नौ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

0 173

हुमाकान्त पोखरेल
गुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य अवकास दिएको छ । शनिबार बसेको संचालक समितिको बैठकले दुईजना कर्मचारी र सात प्रध्यापकलाई अवकास दिएको हो ।

क्याम्पस चरम आर्थिक संकटमा परेपछि गत साउन ३० गते आर्थिक संकटकाल घोषणा गरिएको थियो । त्यसपछि भदौ १२ एक सूचना गर्दै स्वैच्छिक अवकाश लिन चाहेमा आशय पत्र दिन संचालक समितिले आह्वान गरेको थियो । जसमा १३ जनाले स्वेच्छिक अवकास लिन चाहेका थिए । तर संचालक समितको बैठकले नौ जनालाई मात्रै अवकास दिएको हो ।

समितिले सह–प्राध्यापक चन्द्रकान्त पन्थी, उप–प्रध्यापकहरु ढुण्डीराज पोखरेल, अशोक कुमार पाण्डे, विष्णुकान्त पन्थी, लक्षमण रिजाल, पदम प्रसाद पाण्डे र गोविन्द गौतमलाई अवकाश दिएको छ । त्यस्तै कर्मचारीमध्ये स्टोरमा कार्यरत पिताम्बर मरासिनी र लाइब्रेरीयन लोकनाथ गौतमलाई पनि अवकाश दिइएको छ । अवकास पाएकामध्ये उप–प्रध्यापक रिजाल, पाण्डे र गौतमले भने स्वैच्छिक अवकास लिन चाहेका थिएनन् ।

ad

त्रिभुवन विश्वविद्यालयको नियमअनुसार १० जनाभन्दा कम विद्यार्थी भएमा कक्षा चलाउन नपाइने भएकोले विद्यार्थी सङ्ख्या कम भएका कक्षाका प्रध्यापकलाई अवकाश दिइएको संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताए । अवकास दिइएका प्रध्यापक र कर्मचारीको उपदान र उपचार कोष बापतको रकम करिब पौनो दुई करोडभन्दा धेरै छ ।

उक्त रकम यसै आर्थिक बर्षको असार मसान्तसम्म किताबन्दीमा उपलब्ध गराइने निर्णय गरिएको छ । समितिले क्याम्पसका प्रध्यापक तथा कर्मचारीलाई कुनै पनि संघ–संस्थाको प्रमुख र पदाधिकारीमा बस्न नपाउने समेत निर्णय गरेको छ । क्याम्पसले गत पौषदेखि हालसम्म कर्मचारी र प्रध्यापकलाई पारिश्रमिकबापतको एक करोड ५८ लाखभन्दा बढी रकम दिन सकेको छैन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।