रेसुङ्गा क्षेत्रमा सरसफाई

0 195

अनिल खत्री
२७ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रमा सरसफाई गरिएको छ । जिल्लाको ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रमा गत साउन महिनामा चलेको मेलामा भएको फोहोरलाई सरसफाई गरिएको हो ।
रेसुङ्गा क्षेत्रमा नेपाल पंक्षी संरक्षण संघ गुल्मी, रेसुङ्गा संरक्षण समिति, रेसुङ्गा नगरपालिका वडानम्बर–१४ पराल्मी र गुल्मीदरवार गाउँपालिका वडानम्बर–१ वलिथुमका जनप्रतिनिधी, क्लवका प्रतिनिधीहरु मिलेर सरसफाई गरिएको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताए । रेसुङ्गा क्षेत्रको पोखरीदेखि यज्ञ शाला मन्दिरसम्ममा रहेका पलास्टी तथा अन्य फोहोर सामाग्रीहरु सरसफाई गरिएको थियो ।


मेलाको क्रममा पोखरीदेखि यज्ञशाला मन्दिर क्षेत्रसम्म धेरै पलास्टी जन्य फोहोरहरु धेरै भएकाले सरसफाई गरिएको पन्थीले बताए । रेसुङ्गा क्षेत्रको सौन्र्दयमा कत्तिपनि कमी नआओस भनेर सबै मिलेर सरसफाई गरिएको पन्थीको भनाई छ ।
अहिले रेसुङ्गा क्षेत्रको पोखरीदेखि भ्युटावरसम्म सिँढी निर्माण गरेर आकर्षक बनाइएको छ । रेसुङ्गामा साउन भर एक महिने मेला लाग्ने गर्दछ ।
मेलामा बिभिन्न स्थानबाट अवलोकन कर्ताहरु आउने गर्नाले पनि फोहोर हुने गर्दछ । रेसुङ्गा क्षेत्रमा साउन महिना बाहेक अन्य दिनमा आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकन गर्न पुग्दछन् ।
रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् ।
धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् ।


रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।
रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।