इस्माको हर्पुकोटमा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा बिस्तार

0 194

अनिल खत्री
२९ भदौ, गुल्मी । मेगा बैंक नेपाल लिमिटेडले गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उदेश्यले इस्मा गाउँपालिकाको वडानम्बर–१ हर्पुकोटमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।
शाखा रहित बैंकिङ्ग सेवाको सोमबार एक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले उद्घाटन गरेका हुन् । सेवाको शुभारम्भ गर्दै खड्काले ग्रामीण भेगका जनताको सेवाको निम्ति बैंकले सेवा बिस्तार गरेको बताए ।
ग्रामीण वस्तीमा बिस्तार गरिएको बैंकबाट अधिकत्तम सेवा लिन अध्यक्ष खड्काले आग्रह गरे । त्यस स्थानबाट बैंक खाता खोल्न वचत रकम जम्मा गर्न सक्ने छन् ।
रेमिटान्सबाट आएको रकम बैंक खाता मार्फत भुक्तानी पाउनुका साथै आकर्षक योजना सहित बैंक खाता खोल्न सकिने तम्घास शाखा प्रमुख पाण्डेले बताए । मोवाइल बैकिङ्ग, कर्जा सुविधा समेत प्रदान गर्नेछ ।
ग्रामीण क्षेत्रका नागरिकलाई बैकिङ्ग सेवामा पहुच प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख पाण्डेले बताए । शाखा रहित सेवा बिस्तार कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–१ का वडाअध्यक्ष शेरबहादुरकुँवर, त्यस स्थानका व्यवसायिक प्रतिनिधी चुरामणी घिमिरे, स्थानीय नारायण कुँवर बिभिन्न व्यक्तित्वहरु, बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।