खडकदेब आधारभूत विद्यालय डाँडाबनले मनायो ५८ औं बाल दिवस

0 405

“बाल मैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मूल नाराका साथ ५८ औं बाल दिवसको अवसर पारि चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर डाँडाबन स्थित खडकदेब आधारभूत विद्यालयले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरि बाल दिवस दिवस मनाएको छ । कक्षा १ देखि ५ कक्षासम्मका अध्ययन गर्ने विद्यार्थीहरुलाई बेलुन डान्स, कुर्सी दौड लगायतका कार्यक्रमको आयोजना गरि बाल दिबस मनाइएको छ । उक्त कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई शैक्षिक सामाग्रीले पुरस्कृत गरिएको थियो ।
अनौपचारिक रूपमा सञ्चालन भएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो । शिक्षक विद्यार्थीहरुद्वारा बाल अधिकारसँग सम्बन्धित नारा लगाउँदै विद्यालयको पेरिफेरी परिक्रमा, चन्द्रकोट मन्दिर परिक्रमा गरेर पुनः विद्यालय आएर टुङ्गिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टोपमाया क्षेत्रीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै सबै पक्ष क्रियाशील भएर सबल र सक्षम विद्यालय बनाउन सहयोगको आग्रह गर्दै सबैमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।