चन्द्रकोटका ४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट

0 245

महेश बोहरा, भाद्र ३१ चन्द्रकोट ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चन्द्रकोट गाउँपालिका भित्रका ४ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयका विवरणमा चन्द्रकोट गाउँपालिका भित्र रहेका ४ वटा बिद्यालय छनौटमा परेका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरिएको छ । छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण र ल्याब जस्ता विषयहरु समेटिएका छन् ।

ad

यसरी छनौटमा परेका विद्यालयहरु मध्ये चन्द्रकोट गाउँपालिकाको वडा नम्बर २ विशुखर्कमा रहेको सरस्वती माध्यमिक बिद्यालयलाई ४ कोठे भवन निर्माणका लागी ५० लाख रुपैंया विनियोजन गरिएको छ ।

यस्तै शारदा माध्यमिक बिद्यालय रुपाकोटलाई २ कोठे भवन निर्माणका लागी २५ लाख, उदय माध्यमिक बिद्यालय शान्तिपुर र जनता आधारभूत बिद्यालय वडा नम्बर ७ को बिद्यालयमा आईसीटी ल्याब स्थापनाका लागि समान ६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको चन्द्रकोट गाउँपालिकाले जनाएको छ । यसरी कुल ८८ लाख रुपैयाँ चन्द्रकोट गाउँपालिकाका लागी विनियोजन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरूको बजेट छिट्टै स्थानीय तहमार्फत् निकासा हुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।