मुसिकोट ३ मा खानेपानीको कार्यालयमै तालाबन्दी

0 709

सूर्य सुनार असोज ०१ गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिको कार्यालयमा बडागाउँका स्थानीयहरुले शुक्रबार तालाबन्दी गरेका छन् । खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी योजना सुरु गर्दा साविकको बडागाउँ गाविस वडा न.३ र ४ का उपभोक्ता समावेश गर्ने भनी १०७ घरधुरी बाट दुई हजारका दरले कूल २ लाख १४ हजार एकमुष्ठ रकम पूर्व कार्यसमितिलाई बुझाएको र पछि उक्त योजनामा ४ का स्थानीयहरु समावेश नभएको खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिका सचिब राम बहादुर थापाले जानकारी दिए ।

पूर्व कार्य समिति हुँदा उनीहरुले दिएको रकम नयाँ समितिलाई जानकारी नदिएको हुँदा रकम भुक्तानी गर्न नसकिएको थापाले बताए । बडागाउँका केही स्थानीयहरुले आफूले दिएको रकम कसरी भुक्तानी गर्नुपर्छ भन्ने कुराको थाहा नभएको भन्दै एक्कासी तालाबन्दी गर्नु भनेको दादागिरी शैलीमा उनीहरु प्रस्तुत भएको आरोप लगाए ।

धेरै लामो संघर्षबाट लिफटिङ्ग खानेपानी लिन सफल भएको भन्दै, “मैदानका स्थानीय कमजोर छन् । जस्तो व्यवहार देखाए पनि हुन्छ, भनेर उनीहरुले कार्यालयमा आएर तालाबन्दी गरेको सचिब थापाको भनाई छ ।

ad

उता मुसिकोट ४ का स्थानीय शंकर सिहं ठकुरीलाई तालाबन्दी गर्नुको कारण के हो भनेर सोध्दा, “२०७२ सालमा खोलापानी, धरमपानी र मैदान लिफटिङ्ग खानेपानीमा समावेश हुने भनेपछि वडागाउँका १०७ घरधुरीले २ हजारको दरले २ लाख १४ हजार दिएको र पछि उनीहरुले नै पानी नपुग्ने भयो भनेर छुट्याइएको बताए । “त्यस पछि पानी पनि नखाने रकम कसरी दिने भर्ने भएपछि” पटक पटक उनीहरु संग रकम भुक्तानीको लागि ध्यानाकर्षण गराए पनि सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको ठकुरीले बताए ।

वडागाउँका १०७ घरधुरीको रकम भुक्तानी नगरी अपमान गरेको भन्दै ५ दिन भित्र रकम भुक्तानी नगरे पुन चरणवद्धरुपमा अगाडी बढ्ने शंकर सिहं ठकुरीले बताए । उक्त लिफटिङ्गको खानेपानी नपुग्ने भएपछि अहिले उनीहरुले लोलाङदी योजना बाट खानेपानी खाइरहेका छन् ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।