मुसिकोटमा खोलापानी लिफटिङ्ग खानेपानी समितिलाई धम्की, आवश्यक कारबाहीको माग

0 1,050

सूर्य सुनार ०१ असोज, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिले धम्की सहितको अल्टीमेटम आएको भन्दै मुसिकोट नगरपालिका ४ का केही व्यक्तिहरुलाई आवश्यक कारबाहीको माग गरेको छ ।

शनिबार खानेपानी समितिका अध्यक्ष हिराण्यराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले मुसिकोट नगरपालिका ४ का केही व्यक्तिहरुले धम्की सहित तुरुन्त रकम भुक्तानीको माग गरेको भन्दै मुसिकोट नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय संग आवश्यक कारबाहीको माग गरेको हो ।

मुसिकोट ४ का केही व्यक्तिबाट मानविय जिवनमा पानी जस्तो अति आवश्यक पर्ने खानेपानी विवरण गर्ने कार्यालय बन्द भएको र उपभोक्ता समितिका पदाधिकारीलाई धम्की सहित अल्टीमेटम दिएको हुँदा वडा कार्यालय संग आवश्यक कारबाहीको माग गरिएको खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिका सचिब राम बहादुर थापाले बताए ।
पूर्व कार्य समिति हुँदा उनीहरुले दिएको रकम नयाँ समितिलाई जानकारी नदिएको हुँदा रकम भुक्तानी गर्न नसकिएको थापाले बताए । बडागाउँका केही स्थानीयहरुले आफूले दिएको रकम कसरी भुक्तानी गर्नुपर्छ भन्ने कुराको ज्ञान नभएको भन्दै एक्कासी तालाबन्दी गर्नु भनेको दादागिरी शैलीमा उनीहरु प्रस्तुत भएको आरोप लगाए ।

ad

उता मुसिकोट ४ का स्थानीय शंकर सिहं ठकुरीलाई तालाबन्दी गर्नुको कारण के हो भनेर सोध्दा, “२०७२ सालमा खोलापानी, धरमपानी र मैदान लिफटिङ्ग खानेपानीमा समावेश हुने भनेपछि वडागाउँका १०७ घरधुरीले २ हजारको दरले २ लाख १४ हजार दिएको र पछि उनीहरुले नै पानी नपुग्ने भयो भनेर छुट्याइएको बताए । “त्यस पछि पानी पनि नखाने रकम कसरी दिने भर्ने भएपछि” पटक पटक उनीहरु संग रकम भुक्तानीको लागि ध्यानाकर्षण गराए पनि सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको ठकुरीले बताए ।

वडागाउँका १०७ घरधुरीको रकम भुक्तानी नगरी अपमान गरेको भन्दै ५ दिन भित्र रकम भुक्तानी नगरे पुन चरणवद्धरुपमा अगाडी बढ्ने शंकर सिहं ठकुरीले बताए ।
वडागाउँका केही व्यक्तिहरुले खानेपानीको कार्यालयमा तालाबन्दी शुक्रबार गरेका हुन् । अझै सम्म पनि तालाबन्दी खुल्ला गरिएको छैन् ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।