गुल्मीमा आत्म हत्याका घटना बढ्दै, सबै भन्दा बढी मुसिकोटमा

0 329

सूर्य सुनार ०१ असोज गुल्मी
गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार प्रस्तुत गरेको तथ्याङ्क अनुसार विगत ३ वर्षदेखी जिल्लामा आत्म हत्याका घटना बढेको तथ्याङ्कमा उल्लेख गरिएको छ । गुल्मी जिल्लाको ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा ३ वर्षमा २४९ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जस माध्ये १७३ जना पुरुष, ३० जना महिलाहरु रहेका छन् । सबै भन्दा धेरै आत्म हत्या गर्ने उमेर समुह ६० वर्ष भन्दा माथि रहेको छ । जसमध्ये ८० वर्ष माथिका ५ जना व्यक्तिहरु पर्दछन् । त्यसै गरी आत्म हत्या गर्ने २६ जना व्यक्तिहरु १६ वर्ष भन्दा कम उमेरका बालबालिका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीको ३ वर्षे तथ्याङ्क अनुसार गुल्मीमा प्रत्येक ५ दिनमा १ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा बढी आत्महत्याका घटना भएको पाइएको छ । तीन वर्षको तथ्यांकको आधारमा मुसिकोट नगरपालिकामा २१ पुरुष र ११ महिला गरेर ३२ जनाले आत्महत्या गरेका छन् । सबै भन्दा कम जिल्लाको कालिगण्डकी गाउँपालिकामा ७ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ad

त्यस्तै, रेसुंगा नगरपालिकामा २८, मदाने गाउँपालिकामा २४, सत्यवती र इस्मामा २१, रुरु क्षेत्र गाउँपालिकामा २० मालिकामा १६, चन्द्रकोटमा १७, छत्रकोटमा २३, धुर्कोटमा २१ गुल्मीदरबारमा १९,जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
आइतबार सदरमुकाम तम्घासमा जिल्ला प्रहरी कार्यालय गुल्मीले विद्यार्थी, जिल्लाका सरोकारवाल निकाय तथा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको उपस्थितमा उक्त कार्यक्रम गरेको हो । बढ्दो आत्म हत्या न्यूनिकरण गर्न, आम नागरिकहरुलाई सुसुचित गर्ने उदेश्यले देशव्यापी सचेतना कार्यक्रम अन्र्तगत गुल्मी जिल्लामा पनि गरिएको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।