गुल्मीमा ५५ बर्षिय एक जना मृत फेला

0 135

गुल्मी, असोज ३ गते । गुल्मीमा ५५ वर्षीय एक व्यक्ति मृत फेला पर्नुभएको छ । रेसुङ्गा नगरपालिका ८ मा रहेको आफ्नै फर्निचरमा ५५ वर्षीय टोपबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार बिहान उहाँलाई फर्निचरमा मृत अवस्थामा देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । रानाका आफन्तीहरु सोमबार दिउँसो आएपछि शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक माधबराज खरेलले जानकारी दिनुभयो ।

घटना बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।