गुल्मीमा संबिधान दिवसः सडक बालबालिकालाई फिल्टर मेसिन, अपाङलाई घरमै नागरिकता

0 243

संबिधान दिवसको अवसरमा सडक बालबालिकालाई कर्मचारी मिलन केन्द्र गुल्मीले तातो चिसो पानी आउने मेसिन र सरसफाइका सामग्री प्रदान गरेको छ ।
गुल्मीमा १८ जना सडक बालबालिकालाई ब्यबस्थापन गरिएको महेन्द्र माध्यमिक बिद्यालयको मिनि होस्टेलमा रहेका सडक बालबालिकाहरुलाई करिब १५ हजार रुपियाँ बराबरको तातो चिसोे पानी आउने बिद्युतीय मेसिन, सरसफाइका लागि साबुन र मिठाई प्रदान गरिएको कर्मचारी मिलन केन्द्र गुल्मीका सचिब लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

संबिधान दिवसको अवसरमा केही रचनात्मक कार्य गरौ भन्ने उद्येश्यले सडक बालबालिकाहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको पाण्डेले दाबी गर्नुभयो । यसै बीच जिल्ला प्रशासन कार्यालय गुल्मीले दिवसकै अवसरमा इश्माकी अपाङग महिलाई घरमै गएर नागरिकता प्रदान गरेको छ ।

ad

संबिधान दिवसको अवसरमा बर्षौ देखी अपाङग भएर नागरिकता लिनका लागि जिल्ला प्रशासनमा आउन नसक्नुभएकी इश्मा गाउँपालिका वडा नम्वर ५ रजस्थलकी ३५ वर्षीय बिष्णु कुँवरलाई घरमै गएर नागरिकता प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल सहितको टोली घरमै गएर नागरिकता प्रदान गरेको हो । अपाङग, असाहयहरुका लागि पनि सरकार सधै साथमा रहेको भन्दै त्यो अनुभूति दिनका लागि आफूहरुले दिवसको अवसरमा नागरिकता प्रदान गरेको प्रजिअ पौडेलले बताउनुभयो । ३५ वर्षीय कुँवर बिगत ८ बर्ष देखि ढाँड भाच्चिएर अपाङ्ग हुनुभएको थियो । उहाँको १७ बर्षिय छोराले समेत नागरिता लिइसक्नुभएको छ ।

संबिधान दिवसको अवसरमा गुल्मीमा सोमबार बिहान प्रभातफेरी निकाली जिल्ला प्रशासनको परिसरमा सरसफाई गरिएको छ । दिवसकै अवसरमा गुल्मीका १२ वटै स्थानीय तहहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।