सुमन महतारा ,गुल्मी – गुल्मीको इस्मा गाउँपालिकामा संविधान दिवसको अवसरमा कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रको उद्घाटन भएको छ ।
गाउँपालिकाको केन्द्र बाट बितरण गरिदै आएको सेवालाई वडा स्तरमा लगिएको हो । गाउँपालिकाको वडा नम्बर ६ अम्मरपुरमा कृषि सेवा केन्द्रको उद्घाटन गरिएको हो भने गाउँपालिकाको वडा नम्बर ३ दर्लामचौरमा पशु सेवा केन्द्रको उद्घाटन गरिएको हो । ६ नम्बर वडाको अमरपुर राङदालमा रहेको कृषि शेवा केन्द्रमा २ जना कर्मचारी कार्यरत रहने छन । भने ३ नम्बर वडा दर्लामचौरमा तत्काल १ जना र पछि १ जना थपिएर २ जना कार्यरत रहने इस्मा गाउँपालिका पशु साखा प्रमुख तुल्सी थापाले बताएका छन् ।
गाउँपालिकाको चौरासि फाट लगाएत क्षेत्रमा उत्पादन हुने बालि जो ईस्मालाई नै पालेको छ । त्यहाँको बालिको संरक्षण र त्यहाँका जनजाति बस्तिले गरेको कृषिलाई थप फलदायी बनाउँन कृषि ज्ञान केन्द्रले प्रविधिक कर्मचारी ज्ञान केन्द्रले नै तलब खुवाएर राख्ने कृषि ज्ञान केन्द्र प्रमुख नबराज भण्डारीले बताए । उनले खटिएका कर्मचारीले त्यहाँका बालि परिक्षण र गाउँपालिकाले खटाएको ठाउँमा पुगेर सेवा दिने बताएका छन ।
कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक सहयोगमा पशु सेवा केन्द्र र कृष सेवा केन्द्र सञ्चालित हुने छन् । गाउँमा पशुहरु बिरामी भएर उपचार नपाउँने प्रत्याकको घरमा पशुहरु पालिए पनि त्यसतर्फ ध्यान जान नसकेको अवस्थामा गाउँपालिकाले वडा स्तरमै पशु र कृषिलाई सहज हुने गरि सेवा केन्द्र सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बताए । ईस्माका जनताको चाहान अनुसार घरमै पशुहरुले उपचार पाउँने गरि वडा तहमै पशु सेवा केन्द्रको सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बताएका छन् । उनले धेरै कृषकहरुको गुनासो गरेअनुसार घरमै सेवा उपलब्ध हुने गरि काम गरिने उनले बताएका छन।