नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखाको गोष्ठी सम्पन्न

0 317

प्रतिक खबर ब्यूरो गुल्मी ०४ असोज
नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखाको आयोजना र रेसुङ्गा माध्यमिक विधालय गुल्मीको आतिथ्यतामा रेसुङ्गा नगरपालिका स्तरीय नेपाल युवा ÷जुनियर रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले गुल्मी जिल्लामा नेपाल रेडक्रस सोसाइटीले मानवीय तथा विपद र द्वन्द्वको समयमा खेलेको भुमिका सरहानिय रहेकोे र आगामी दिनमा पनि अझ प्रभावकारी ढंगले कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो।उहाँले नेपाल रेडक्रसले मानवीयका साथै सामुदायिक विकासमा खेल्ने सकारात्मक भुमिकामा नगरपालिकाको हरेक तवरबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखाका उपसभापति रेशम कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखा उपसभापति राधा पन्थी,रेसुङ्गा नगरपालिका –२ का वडा अध्यक्ष हिरा बहादुर थापा र विधालय ब्यबस्थापन समितिका अध्यक्ष जयश्वर पन्थी र रेसुङ्गा माध्यमिक विधालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले मानवीय सेवामा रेडक्रसले खेलेको भुमिकाका बारेमा आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी गुल्मीका सदस्य सरस्वती भण्डारी,जिल्ला शाखाका शाखा अधिकृत कृष्णप्रसाद खनाल,सिद्धबाबा माध्यमिक विधालयका शिक्षक नायक टीका खड्का र लेखा तथा प्रशासन सहायक प्रकाश भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

गोष्ठीले आगामी बर्षका लागि वार्षिक कार्यक्रम स्वीकृत र पालिका स्तरीय जुनियर÷युवा समिति गठन गरेको छ। गोष्ठीमा नेपाल तथा अन्तरास्ट्रिय रेडक्रसको परिचय,लक्ष्य उदेश्य र आधारभुत शिद्वान्त, हालसम्म गुल्मीजिल्लामा रेडक्रसले संचालन गरेका कार्यक्रम, कोभिड–१९ रोकथाम,प्राथमिक उपचार र मनोसामाजिक प्राथमिक उपचारको महत्वका बारेमा जानकारी दिनुभएको थियोे ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।