सन नेपाल लाइफ इन्स्योरेस कम्पनीद्धारा न्यानो कपडा वितरण

0 295

सूर्य सुनार ०६ असोज गुल्मी
सन नेपाल लाइफ इन्स्योरेस कम्पनी लिमिटेन्ड तम्घास गुल्मीले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । विहीबार सन नेपाल लाइफ इन्स्योरेसको ५ औँ वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाहरुलाई जाडोमा लगाउने कपडा वितरण गरिएको हो ।

१८ जना सडक बालबालिकालाई ब्यबस्थापन गरिएको महेन्द्र माध्यमिक बिद्यालयको मिनि होस्टेलमा रहेका सडक बालबालिकाहरुलाई जाडो मौसममा लगाउने सुइटर, स्टेशनरीका सामग्री र फलफुल वितरण गरिएको सन नेपाल लाइफ इन्स्योरेस कम्पनीका शाखा प्रबन्धक सन्तोष कुवँर क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सन नेपाल लाइफ इन्स्योरेस कम्पनीले आफनो वार्षिक उत्सवको अवसरमा न्यानो कपडा र स्टेशनरी वितरण गरेर पवित्र काम गरेको भन्दै संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । सामाजिक दायित्व अन्तर्गत रहेर मिनी होस्टेलमा रहेका बालबालिकाहरुलाई संस्थाले गरेको सहयोगको प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशंसा गर्नुभएको थियो । सडकमा माग्दै हिड्ने यी बालबालिकाहरुको पहिले भन्दा अहिले आनाबानीमा फरक आएको बताउनुभयो । यो कामले अन्य जिल्लालाई पनि सकारात्मक सन्देश प्रवाह भएको पोडेलले बताउनुभयो ।

ad

कार्यक्रमका सभाध्यक्ष महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद मरासिनीले जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार र यहाँका राजनितीक दलबाट सडक बालबालिकाहरुको व्यवस्थापन भएको हुँदा सबै ठाउँबाट प्रशंसा भएको बताउनुभयो । साथै सहयोग गर्ने संस्था सन नेपाल लाइफ इन्स्योरेस कम्पनीलाई प्रअ मरासिनीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।