गुल्मीको मुसिकोट नगरपालिका अपाङ्गताको साहरा बन्दै

0 341

सूर्य सुनार ०६ असोज, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका अपाङ्गताको साहरा भन्दै गएको छ । नगरभित्र रहेका अपाङ्ग व्यक्तिहरुको पहिचान गर्दै उनीहरुको घरमै पुगेर आवश्यक सहयोग गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ मा अपाङ्ग भएका चुदरीगाउँका अशोक सुनारलाई बैसाखी, सोही वडाका चौरमा रहेका यादव थापालाई वालकर र सोही ठाउँका केशव पुन मगरलाई लौरो उपहार दिएको मुसिकोट नगरपालिका ३ का वडाध्यक्ष शंकर रायमाझीले जानकारी दिनुभयो ।

वडा कार्यालयद्धारा ०७९÷०८० को नीति तथा कार्यक्रममा रहेको कार्यक्रम अनुसार उनीहरुलाई सहयोग स्वरुप उपहार प्रदान गरिएको रायमाझीले बताउनुभयो । मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद कुवँर, वडाध्यक्ष शंकर रायमाझी घरमै पुगेर उनीहरुलाई साहराको लागि आवश्यक सामग्री सहयोग गरिएको हो ।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद कुवँरले नगरपालिका भित्र अपाङ्ग भएका व्यक्तिहरुको अझै पहिचान गरी स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ad

स्थानीय सरकार भनेको जनताको नजिकको सरकार भएको हुँदा अपाङ्ग भएका व्यक्तिहरुको घरमै पुगेर सहयोग गरिएको वडाध्यक्ष शंकर रायमाझीले बताउनुभयो । मुसिकोट नगरपालिकाले अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । अझै नगर तथा वडामा थप पहिचान गरी उनीहरुको क्षेत्रमा नगरपालिकाले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।