कांगे्रसका युवाद्धारा पार्टीले ५० प्रतिशत युवालाई टिकट दिन दबाब

0 216

सूर्य सुनार ०६ असोज गुल्मी
नेपाली कांगे्रस पार्टीका युवा नेताहरुले पार्टी नेतृत्व टिकट वितरणमा एकलौटी रुपमा अगाडी बडेकोमा आपत्ति जनाउँदै दबाब दिने कार्यक्रम सार्वजनिक गरेको छ । विहीबार काठमाडाँैको बानेश्वर एक होटलमा बसेको प्रदेश स्तरिय युवा नेताहरुको बैठकले यस्तो निर्णय गरेको नेपाली कांगे्रसका लुम्बिनी प्रदेश सदस्य मोतिलाल भण्डारीले जानकारी दिए ।
असमान टिकट वितरणको आपत्ति जनाउँदै यही असोज ७ र ८ गते प्रत्येक प्रदेशको भेला सम्पन्न गर्ने भएको छ ।

त्यस्तै ९ गते अनुपम फुटल्यान्द बाट बिद्रोहको चेतावनी दिने र त्यस पछि प्रधानमन्त्री निवास बालुवाटार घेराउ देखी नेताहरुको घर घेरा गर्ने कार्यक्रम सार्वजनिक गरेको नेपाली कांगे्रस लुम्बिनी सदस्य भण्डारीले बताए ।

नेपाली कांगे्रस पार्टीले ५० प्रतिशत युवालाई टिकट दिन दबाब दिने समेत निर्णय गरेको भण्डारीले बताए । लेनदेनमा टिकट बिक्री वितरण भए पार्टी नेतृत्वको भण्डाफोर गर्ने समेत चेतावनी दिने भएको छ । देश भर युवाहरुको माग भइरहेका वेला नेपाली कांगे्रस पार्टीले जहिले पनि पुराना नेतालाई टिकट दिने विषयमा प्राथमिकता दिएको आरोप लगाउनुभयो ।

ad

सरकारले यही मंशिर ४ गते प्रदेश र संघको निर्वाचन गर्दै छ । त्यसमा युवाहरुले ५० प्रतिशत अनिवार्य टिकट पाउनु पर्ने उनीहरुले माग राखेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।