चन्द्रकोट ७ रुपाकोटमा स्वास्थ्य चौकीको उद्घाटन

भवनबाट प्रदान गरिने सेवाहरु गुणस्तरीय र विश्वसनीय बनाउन गाउँपालिका अध्यक्ष केसीको आग्रह

0 304

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोटमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको छ । बनेको भवनको बिहिबार गाउँपालिका अध्यक्ष युवराज केसीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोट स्थायी ठेगाना भई हाल बेलायतमा रहेका मोतिराज भण्डारी र तारानाथ भण्डारीले प्रदान गरेको जग्गामा भवन निर्माण भएको हो । भण्डारीद्धयले ०७७ सालमा सात लाखमा पाँच रोपनी जग्गा किनेर स्वास्थ्य चौकीलाई प्रदान गरेका गर्नुभएको थियो । नवनिर्मित स्वास्थ्य चौकीको भवनबाट आधारभूत स्वास्थ्य सेवाअन्तरगतका सेवाहरु एवम् प्रसुती सेवा पनि उपलब्ध हुनेछ ।

 

भवनको बिहीबार उद्घाटन गर्दै चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको बताउनुभयो । उहाँले नवनिर्मित भवनबाट प्रदान गरिने सेवाहरु गुणस्तरीय र विश्वसनीय बनाउन समेत आग्रह गर्नुभयो । नेपाल सरकारले अगाडी सारेका स्वास्थ्य शिक्षा र रोजगारी सिर्जना गर्नेमा गाउँपालिका लागेको बताउनुभयो ।
सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले पुन्य कमाउनको लागि तिर्थ–ब्रत जानु नपर्ने उल्लेख गर्दै जग्गादाताद्धय भण्डारीलाई धन्यवाद् दिनुभयो । भण्डारीद्धयले उक्त भवनमा ल्याब संचालनका लागि आफुहरुले पहल थालेको बताउनुभयो ।


भवनको ०७७ फागुन ४ गते तत्कालिन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण बहादुर खत्रीले शिलन्यास गरेका गर्नुभएको थियो । डिएन्डी पुष्पाञ्जली जेभीले एक करोड ५७ लाख रुपिँयाको लागतमा भवन निर्माण गरेको थियो । ०७७ माघ १९ गते सम्झौता भएको भवनको काम ०७८ माघ १ गते निर्माण सम्पन्न गरिनसक्नुपर्ने उल्लेख थियो । समयमै काम सम्पन्न गरेपनि विविध कारणले भवनको संचालन एवम् हस्तान्तरण हुन सकेको थिएन् ।

ad


कार्यक्रममा जग्गादाताद्धय भण्डारी र निर्माण व्यवसायीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष अन्नतराम भण्डारी, राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी, कर्मचारी, पत्रकार स्थानिय नागरिकहरुको उल्लेखिनिय सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रमको सञ्चालन सूचना अधिकृत शिवप्रसाद ज्ञवालीले गुर्नभएको थियो । नयाँ भवन बने संगै सेवा प्रवाहमा सहज हुने स्थानियको विश्वास रहेको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।