गुल्मीमा सुविधा सम्पन्न रेसुङ्गा शभाहल शिलन्यास

0 164

अजय खड्का
असोज ७ गुल्मी ।
गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ४ मा सुबिधा सम्पन्न सभाहलको भएको छ । शुक्रबार एक कार्यक्रमका बिच नेकपा एकीकृत समाजवादीकी केन्द्रिय सचिब तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले शिलन्यास गरेकी हुन् ।
शिलन्याश गर्दै झाक्रीले निर्माण पछि यो सभाहलले जिल्लाको गरिमा थप उचाइमा पुग्ने बताइन् । सभा सम्मेलनहरु र सास्कृतिक कार्याक्रमहरु गर्नका लागि अब घाम र पानीको समस्याबाट मुक्त हुने उनको दाबी छ ।
यस्तै पछिल्लो समयमा निर्माण ब्यवसायीहरुले निर्माणको जिल्लामा धरै योजनाहरुको जिम्मा लिएर बिचमै अलपत्र पारेको बताउदै त्यस्ता निर्माण ब्यावसायीहरुलाई प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासनमा बोलाएर ताकेता गर्न उनले निर्देशन समेत दिएकी छन् ।


जिल्लामा भइरहेका बिकास निर्माणका कार्यका लागि निरन्तर रुपमा जिल्लाकै राजनीतिक दल ,प्रशासन ,सरोकारवालाहरुको ध्यान जानु जरुरी रहेको उनको भनाई छ ।
यस्तै फरक प्रसंगमा बोल्दै भाक्रीले गफ भन्दा पनि कामलाई आफूले प्राथमिकता दिनेमा जोड दिएकी छन् । नेताहरु गफ मात्र गर्ने काम नगर्ने प्रवृर्ति अन्त्य गर्नको गफ भन्दा पनि कामलाई प्राथमिकता दिने उनले बताएकी हुन् । यस स्थानमा बन्ने अर्को एक फरक प्रसंगमा झाक्रीले बिकास संगै नागरिकहरुको जीवनमा परिवर्तन हुनु आवश्यक रहेको बताएकी छन् । बिकास निर्माणका कार्यक्रमले नागरिकहरुको जीवनशैलीमा परिवर्तन आउनुपर्नेमा उनको जोड थियो ।


रेसुंगा ४ अर्खलेमा बन्ने सभाहल कूल २० करोड ४२ लाख ९७ हजार १९६ रुपियाँ सात पैसामा निर्माण हुने शहरी बिकास तथा भवन निर्माण विभाग संघीय कार्यान्वय इकाई रुपन्देहीले जनाएको छ ।गत जेठमा टेन्डर प्रकृया मार्फत तीन निर्माण ब्यबसायीहरु प्रारम्भिक चरणमा छनोट भएको कार्यालयले जनाएको छ । आर्थिक प्रस्ताव खोल्न बाँकी रहेकाले एक हप्तामा सो कार्य पनि सम्पन्न गर्ने भन्दै असोज मसान्त भित्रमा निर्माण ब्यवासायीसंग सम्झौता गर्ने योजना रहेको कार्यालयका प्रशासन प्रमुख नविन पन्थीले जानकारी दिए ।
सम्झौता भएको दूई वर्ष भित्रमा निर्माण ब्यवसायीले कार्य सम्पन्न गर्नुपर्ने पन्थीले जानकारी दिनुभयो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।