इस्मामा बजार अनुगमन : पहिलो चरणमा सुझाव र सचेतना

0 320

सन्तोष महतारा
गुल्मी, ८ असोज / गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ । उपभोक्ताको हितमा सचेत हुँदै गाउँपालिकाले शुक्रबारदेखि बजार अनुगमन अभियानका रुपमा सुरु गरेको हो ।

गाउँपालिकाका कर्मचारी तुल्सीबहादुर थापाको नेतृत्वमा अन्य कर्मचारी, पत्रकार, प्रहरी र नगरप्रहरी लगायतको समूहले गाउँपालिकाका विभिन्न स्थानमा रहेका पसलहरुमा अनुगमन गरेको हो । टोलीका प्रमुख थापाका अनुसार उपभोक्ताको हितका लागि व्यवसायीलाई सचेत गराउने हिसाबले बजार अनुगमन अभियानका रुपमा अगाडि बढिरहेको छ ।

बजार अनुगमनको क्रममा पसलहरुमा साइनबोर्ड नभएको, मूल्यसूची नभएको, व्यवसाय नवीकरण नगरेको, बिक्री गर्दा बिल नदिएको, खरिद बिल नभएको, होटलमा सरसफाइ नगरेको र दर्ता नगरिकन व्यवसाय संचालन गरेको लगायतका त्रृटिहरुमा मात्र भेटिएको अनुगमन टोलीले जनाएको छ ।

ad

पहिलो चरणमा सुझाव दिने र सचेतना जगाउने हिसाबले बजार अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन् । सबै व्यवसायीलाई सुझाव दिने र उपभोक्तालाई समेत सचेत गराउने हिसाबले बजार अनुगमन अभियानका रुपमा अगाडि बढाइएको अनुगमन समितिका संयोजक समेत रहेकी उपाध्यक्ष कुँवरले जानकारी दिइन् । व्यवसायीले कालोबजारी गरेको जानकारी पाएमा गाउँपालिकामा खबर गरेमा त्यस्ता व्यवसायीलाई कानुनी दायरामा ल्याउने पनि गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बजार अनुगमनका क्रममा पहिलो चरणमा दिएको सुझाव पालना गरे वा नगरेको र सचेत भए वा नभएको अनुगमन गर्न बजार अनुगमन अभियानका रुपमा अगाडि बढ्ने बताए । सबै व्यवसायीहरुले अनिवार्य रुपमा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न पनि गाउँपालिका अध्यक्ष खड्काले आग्रह गरे ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।