गुल्मीका सबै सिट गठबन्धनले जित्ने माओबादी नेता जिसिको उद्घोष

0 204

नेकपा माओवादी केन्द्र गुल्मीका संयोक बुद्धि जिसिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गुल्मीका सबै सिट गठबन्धनले जित्ने दावी गरेका छ्न ।

शनिबार सो पार्टी निकट एकीकृत नेपाल शिक्षक संगठनको ८ औ जिल्ला सम्मेलनलाइ सम्बोधन गर्दै नेता जिसिले त्यस्तो उद्घोष गरेका हुन ।

उनले गठबन्धन दल बिच गुल्मीमा कहाँ कसले उम्मेद्बारी दिने भन्ने बारे टुंगो लागि सकेको , औपचारिक निर्णय मात्र गर्न बाकी रहेको बताउदै जिल्लाका दुई वटै संघ र चार वटै प्रदेशमा गठबन्धन ले जित हासिल गर्ने दावी गरेका हुन ।

ad

उनले गुल्मीको हकमा माओबादीलाई स्थानीय तहको निर्वाचन परिणाम पहिलो पार्टिका रुपमा स्थापित गरेको जिकिर गर्दै काङ्ग्रेसले पाँच वटा पालिका , माओबादी केन्द्रले ४ वटा र एमालेले तीन वटा पालिकाको नेतृत्वमा जित हासिल गरेको भन्ने उदाहरण पेश गरे ।

सिक्षकहरुको हकहित र शैक्षिक बिकासमा माओबादी पार्टिले मात्रै नेतृत्व दायी भुमिका खेलेको उनको कथन थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।