शिक्षकको अभाब टार्न गुल्मीको इश्मामा स्वंयसेवक शिक्षक

0 319

अजय खड्का
असोज ९,गुल्मी
गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले शिक्षकको अभाव टार्न स्वंयम सेवक शिक्षकको ब्यवस्था गरेको छ । शिक्षकको अभावमा पठन पाठनमा समस्या नहोस भनेर स्वयम सेवक शिक्षक राख्ने ब्यबस्था मिलाएको हो ।
कुनै शिक्षक १५ दिन भन्दा बढी बिदामा बस्दा बिद्यार्थीहरुको पठन पाठनमा समस्या हुने भएकाले पालिकाले २३ जना स्वयम सेवक शिक्षकको ब्यबस्था गर्न लागेको उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
शिक्षकहरु सुत्केरी बिदा वा सुत्केरी स्याहार बिदामा बस्दा , तयारी बिदा र बेतलबी बिदामा बस्दा शिक्षकको अभाब टार्न र पठन पाठनलाई निरन्तरता दिनको लागि यस्तो ब्यबस्था गर्न लागेको कुँवरको दाबी छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।