मुसिकोट ३ मा सहकारी सुपथ तथा कोशेली घर संचालनमा

0 360

सूर्य सुनार १० असोज गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका ३ मैदानमा साना किसान कृषि सहकारी संस्था लि. वडागाउँद्वारा संचालित सुपथ तथा कोशेली घरको सोमबार उद्धघाटन गरिएको छ । मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले एक कार्यक्रमका बिच कोशेली घरको उद्घघाटन गरेका हुन ।कार्यक्रममा प्रमुख अतिथि मुसिकोट नगरपालिका ३ का वडाध्यक्ष शंकर रायमाझीले उक्त कोशेली घर बाट दिगो रुपमा मुसिकोट २,३,४ का सेवाग्राहीले सेवा लिने हुँदा कृषकलाई सहज हुने बताए । वडा कार्यालय संगै सिङ्गो नगरपालिका कृषकको साथमा रहेको बताउँदै कृषकले उत्पादन गरेका बस्तु कोशेली घरबाट बिक्री हुने बताए । साना किसान सहकारीमा आबद्ध कृषकलाई थप आवश्यक तालिम तथा कृषि कार्यक्रम नगर तथा प्रदेश बाट ल्याउन आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने वडा अध्यक्ष रायमाझीले बताए । आफूले निर्वाचनमा जनताको बिचमा गएर बोलेको कुरालाई काम गरेर देखाउने दावी समेत वडाध्यक्ष रामयमाझीले दावी गरे ।

 

साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक विबेकप्रेमी मगरले सुपथ तथा कोशेली घर विशेष गरी कृषकलाई लक्षित गरि संचालन ल्याएको बताए । कृषकहरुले उत्पादन गरेका तरकारी,फलफूल तथा हस्तसामग्री कोशेली घरले खरिद गर्ने उनले बताए । बजारको मुल्य भन्दा कम मुल्यमा बिक्री गरिने हुँदा सेवाग्राहीलाई फाइदा हुने प्रबन्धक मगरले बताए । मुसिकोट नगरपालिकाबाट आर्थिक बर्ष २०७७÷७८ मा १० लाख र १ लाखको जनश्रमदान र ५ लाख बराबरको भौतिक संरचनालाई बढाएर १६ लाखमा कोशेली घर निर्माण गरिएको बताए ।

 

ad

मुसिकोट ३ मैदान बजारमा कोशेली घरको शुभारम्भ भए संगै त्यहाँका स्थानीयलाई कृषि उपज बस्तु बिक्री वितरण गर्न सहज मिलेको छ । उद्धघाटन गर्नु मात्र ठूलो कुरा नभइ यसलाई दिगो रुपमा संचालनमा ल्याउनुपर्ने स्थानीय समाजसेवीहरुले धारणा व्यक्त गरेका छन् ।
अहिले कोशेली घरमा कृषकले उत्पादन गरेका हरिया, कोदाली, डोका नम्ला, डाला, लगायतका सामग्री राखिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।