चाडपर्वलाई लक्षित गर्दै सम्भावित दुर्घटना न्यूनिकरण गर्न कृत्रिम अभ्यास

0 410

अजय खड्का
असोज १०,गुल्मी
आउदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ ।
जिल्ला विपद् ब्यबस्थापन समिति गुल्मीको आयोजनामा सोमबार सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्नका लागि कृत्रिम पूर्व अभ्यास गरिएको हो । दशै तिहार र छठ पर्वहरुमा धेरै दुर्घटना र धन जनको समेत क्षति हुन सक्ने भन्दै त्यसलाई लक्षित गर्दै दुर्घटनामा घाइतेहरुको अवस्था, ,एम्बुलेन्स र उद्धार गर्दै गर्दाको काल्पनिक दृश्य रेसुङ्गा नगरपालिका ८ गर्जुरामा प्रर्दशन गरिएको हो ।


जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले उक्त अभ्यास प्रर्दशन पश्चात सडक दुर्घटनामा कमी आउने विश्वास आफुहरुले लिएको बताउनुभयो । यदि दुर्घटना भइहालेपनि उद्धारका निम्ती सुरक्षाको टिम तयारी अवस्था रहेछ भन्ने सन्देश प्रवाह गर्नका लागि आफूहरुले उक्त कृत्रिम अभ्यास गरेको बताए ।


उक्त दृश्य प्रर्दशन पश्चात सकभर जिल्लामा दुर्घटना नहोस र भए पनि उद्धारमा यसले ठुलो टेवा प्ुग्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
कार्यक्रममा गुल्मी जिल्लाका चार वटै सुरक्षा निकायका प्रमुखहरु,रेडक्रस, नेपाल बिद्युत प्राधिकरण , राजनीतिक दल, पत्रकार लगायत स्थानीयहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

ad


यता जिल्ला सुरक्षा समिति गुल्मीले चाडपर्व लक्षित सुरक्षा ब्यबस्थालाई कडा बनाएको जनाएको छ । जिल्लामा हुन सक्ने दुर्घटना , चोरी लगायत शान्ती सुरक्षा र घटनाहरुलाई लक्षित गरेको सुरक्षाको ब्यबस्था कडा बनाएको गुल्मी प्रजिअ पौडेलले बताए ।
जिल्ला विपद ब्यबस्थापन समितिले पूर्व अभ्यास गर्दै । तस्विर ः

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।