कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार

0 108

तम्घास– गुल्मीमा कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार गरिएको छ। जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर १० सिमीचौरमा रहेको कालिज फार्ममा चितुवा पसेपछि जीवितै उद्धार गरिएको हो।

सिमीचौरमा रहेको सौगात अर्गानिक कृषि फर्म एण्ड रिसर्च सेन्टरमा शुक्रबार बिहान चितुवा पसेको सञ्चालक हुमाकान्त अर्यालले जानकारी दिए।उनले चितुवा पसेको देखेपछि जिल्लास्थित सुरक्षा निकाय र डिभिजन वन कार्यालयमा जानकारी गराएका थिए।

त्यसपछि प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेललेको नेतृत्वमा टोलीले स्थलगत अनुगमन गरेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालय गुल्मीका कर्मचारी र स्थानीयसमेतको सक्रियतामा चितुवाको जीवितै उद्धार गरिएको हो।

ad

अहिले पूरै क्षतिको विवरण भने आउन नसकेको जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
सामान्य घाइते चितुवालाई उपयुक्त स्थानमा लगेर छोड्ने गरी आफूहरुले योजना बनाएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात साकिोटाले जानकारी दिए।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।