प्रेस चौतारी नेपाल गुल्मीद्धारा बडादशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0 307

सूर्य सुनार १५ असोज गुल्मी
प्रेस चौतारी नेपाल गुल्मीले बडादशैँ २०७९ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार प्रेस चौतारी नेपाल गुल्मीले नेकपा एमाले जिल्ला  पार्टी कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । प्रेस चौतारी गुल्मीले शुभकामना आदानप्रदान कार्यक्रम संगै कार्यसमितिमा रहेका सचिब रामकृष्ण कार्यव्यस्त भएपछि सचिबमा अजय खड्कालाई जिम्मेवारी दिएको छ । सहसचिबमा अमर पन्थलाई जिम्मेवारी दिएको प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष अनिल खत्रीले जानकारी दिनुभयो । त्यस्तै प्रेस चौतारी गुल्मीले स्नेहा नेपाली, इन्द्रजित नेपाली, ईश्वर वि.क, गगन सिँजालीलाई नयाँ सदस्यमा थप गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला सचिब गणेश श्रीपालीले बडादशैँको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । पत्रकारीता क्षेत्र अझै फराकिलो होस् भन्दै सचिब श्रीपालीले शुभकामना व्यक्त गर्नुभएको हो । प्रेस चौतारी गुल्मीले निर्वाचनमा खेलेको भूमिका प्रति खुशी व्यक्त गरेका थिए । साथै आगमी मंशिर ४ गते हुन गहिरहेको संघ र प्रदेशको निर्वाचनमा पनि पत्रकारहरुले निष्पक्ष रुपमा सुचना प्रवाह गर्न आग्रह गर्नुभएको छ । निर्वाचनको समयमा मात्र पत्रकारहरुलाई प्रयोग नगरेर उनीहरुको दिगो व्यवस्थापनको बारेमा राजनितिक दलहरु सचेत हुनुपर्ने कुरामा सचिब श्रीपालीले जोड् दिनुभएको थियो ।

ad

नेकपा एमाले जिल्ला सहसचिब धर्म विश्वकर्माले वडादशैँको शुभकामना व्यक्त गर्दै सबैमा प्रगति उन्नतीको कामना गर्नुभएको थियो । जनतालाई यो दशैँमा मंहगीले दशैँ मनाउन समस्या भएको बताउँदै नेकपा एमाले पार्टी सरकार आगमी मंसिर ४ गतेको निर्वाचन पछि आउने हुँदा जनताका समस्या समधान हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भुसालले बडादशैँको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । भुसालले पत्रकारहरु हकहितको लागि र उनीहरुको श्रमको सम्मान गर्न राजनितिक दलहरुले विशेष ख्याल दिनुपर्ने बताउनुभएको थियो । पत्रकारहरुलाई निर्वाचनमा मात्र प्रयोग गर्ने राजनितिक दलले अरु वेला पनि पत्रकारको बारेमा सोचनुपर्ने कुरामा भुसालले जोड् दिनुभएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल गुल्मीका इन्चार्ज ज्ञान बहादुर महतारा, प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष अनिल खत्री, एमालेका विद्यार्थी नेता काशी पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।