रेसुङ्गा हस्पिटलको अध्यक्षमा पुःन पल्ली चयन

0 249

गुल्मी मोडल हस्पिटल प्रा.लि. को १२ औ वार्षिक साधारण सभा तथा विशेष अधिवेशन शनिबार तम्घासमा सम्पन्न भएको छ । गुल्मी मोडल हस्पिटल प्रा.लि.द्धारा सञ्चालित तम्घासमा रहेको रेसुङ्गा हस्पिटलको सम्पन्न अधिवेशनले होम बहादुर पल्लीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको सदस्यमा बाबुराम पन्थी, रामप्रसाद पन्थी, यज्ञप्रसाद पन्थी, केपि भण्डारी, गोपाल थापा, गगन केसी, खुम खत्री, किशोर मरासिनी रहनुभएको छ ।

तम्घासको एभ्ररग्रिन पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख अंमृतादेवि कुँवरको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस लु्म्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, डाक्टर लक्ष्मण भुसालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष लगायत अन्य अतिथिहरुको सहभागीता रहेको थियो ।

ad

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले निजी क्षेत्रबबाट सञ्चालति संस्थाको पनि स्वास्थ्य क्षेत्रमा ठुलो भूमिका रहेको बताएका थिए । कार्यक्रमा विभिन्न प्रतिवेदन प्रस्तुत गरिएको थियो । आगामी दिनहरुमा रेसुङ्गा हस्पिटल प्रा.लिलाई अझै सेवामुखि बनाउदै गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । सानो सानो रोग लागेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने पनि अध्यक्ष्य पल्लीले बताउनुभयो । उहाँले सबैको मन र विश्वास जित्दै अगाडी बढ््ने पनि बताउनुभयो । नयाँ सञ्चालक समितिको कार्यकाल ३ बर्षको हुनेछ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।