गुल्मीका शक्तिपिठ भक्तजनले भरिभराउ

0 238

अजय खड्का
असोज १८, गुल्मी ।
बडादशैंको नवौं दिन आज विभिन्न मन्दिर तथा शक्ति पीठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । यसै अवसरमा गुल्मीका विभिन्न शक्तिपिठमा पूजाआजाका साथै बलि दिएर महानवमी मनाइएको हो ।
महानवमीको अबसरमा मन्दीरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन् । कतिपय साहाकारीले कुबिन्नो, काक्रा, मुला जस्ता पनि चढाउने प्रचल रहि आएको छ । बलि दिएसँगै देवता खुसी हुने र आफूले मनले आटेका चिताएको कुरा पूरा हुन्छन् भन्ने मान्यता रहेको जनश्विास छ ।
कोभिडका कारण केहि वर्ष मेलापर्वमा सुनसान भएका मन्दीरहरुमा अहिले भक्तजनहरुको बाक्लो उपस्थिति देखिएको छ ।
नवमीको अवसरमा गुल्मीस्थित विभिन्न धार्मिक तथा ऐतिहासिका मन्दिरहरु धुर्कोट कोट, मुसिकोट, इस्माकोट, अर्जै कोट, चारपाला दरवार, उजुङ्गकोट, चोयगा मन्दीर, जोगिथुम मन्दिर,शान्तिपुर, अर्जुन भगवती मन्दीर, तम्घासथान मन्दीर लगायतका मन्दिरहरुमा पूजा गर्नेहरुको भिड लागेको छ । यी मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिका राजाहरुले बसोवास गरेको पुरानो मान्यताका कारण पनि यि मन्दीरहरु प्रख्यात छन् ।


गुल्मीका बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा बिहानैदेखि पूजा तथा बलि दिनेहरु मन्दिर पुगेका थिए ।
हिन्दूहरु धर्म मान्नेहरुको लागि बिशेष चाड बिशेष पर्वको रुपमा मनाइने विजया दशमी दशैं प्रमुख चाडको रूपमा मनाइन्छ । दशैं पर्व असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ । दशैंको टीकाको दिनदेखि पूणिर्मासम्म सराय नाच देखाउने गरिन्छ ।


तरबार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा मान्ने प्रचलन रहिआएको छ ।
पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।