जन्मदिनको खर्च कटाएर मन्दिर निर्माण गर्न आर्थिक सहयोग

0 436

सूर्य सुनार २६,असोज गुल्मी
पछिल्लो समय जन्मदिन मनाएर फजुल खर्च गर्नुको सट्टा सामाजिक क्षेत्रमा त्यो रकम खर्च गर्ने गरेको पाइन्छ । त्यस्तै एक उदारण हुनुहुन्छ, गुल्मीदरबार गाउँपालिका १ लुम्पेककी विजया सिहँमल्ल, उहाँले आफ्नो जन्म दिनको अवसरमा मन्दिर निर्माणको लागि ५ हजार ५ सय नगद सहयोग गर्नुभएको छ ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४ बारुकामा मुसिकोट माध्यामिक विद्यालय प्राङ्गणको खेल मैदान छेउमा शिवालय मन्दिर र सरस्वती मन्दिर बनाउनको लागि उहाँले नगद सहयोग गर्नुभएको हो । गत भदौ २६ गते मुसिकोट माध्यामिक विद्यालय व्यवस्थापन समिति, शिक्षक, र शिवशक्ति आमा समूहका पदाधिकारीहरुको सयुक्त बैठकले मन्दिर बनाउने निणर्य गरेको हो ।

पछिल्लो समय प्राय सबै नागरिकहरुले स्थानीय सरकारले नै सबै काम गर्नुपर्छ, भन्ने भावना राख्ने प्रवृत्ति बढिरहेकाले स्थानीय बाट समाजमा मिलिजुली काम गर्नुपर्छ भन्ने उदेश्यका साथ मन्दिर निर्माण गर्न लागिएको मन्दिर निर्माण समितिका अध्यक्ष सुमेन्द्र सिहँ ठकुरीले जानकारी दिनुभयो ।

ad

अहिले सम्म मन्दिर निर्माणको लागि विभिन्न ठाउँबाट रकम संकलन गरी ५ लाख जम्मा भएको उहाँले बताउनुभयो । मन्दिर निर्माण गर्नको लागि देश तथा विदेशबाट सहयोग भइरहेको निर्माण समितिका अध्यक्ष ठकुरीले बताउनुभयो ।

साथै आज जन्मदिनको अवसरमा विजया मल्ल ठकुरीले सामाजिक क्षेत्रमा केही गर्नुपर्छ, भन्ने भावना राखेर गरेको सहयोगको प्रशंसा गर्दै अरु व्यक्तिले पनि फजुल खर्च गर्नुको सट्टा यस्तै सामाजिक क्षेत्रमा सहयोग गरेमा समाजको विकास हुने बताउनुभयो ।

मन्दिर निर्माण गर्नको लागि आर्थिक समस्या हुन सक्ने भन्दै अन्य क्षेत्रबाट पनि सक्दो सहयोग गर्न सके यो पवित्र कामले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो ।
विजया सिहँमल्ल ठकुरीले आफ्नो जन्मदिनको दिन सामाजिक क्षेत्रमा विगत देखी अहिले सम्म सहयोग गदै आइरहनुभएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।