गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाखको क्षति

0 127

२७ असोज, गुल्मी । गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।

बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा २ तले कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा र कागजपत्र, नगद गरी क्षति भएको विवरण प्रांप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।

जिल्लाबाट प्रहरीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास गरेपनि घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
सदरमुकाम देखि करिव ८ किलोमिटर पक्की सडक नजिकै आगलागी हुँदा पनि दमकलको सहज पहुँच नहुँदा आगलागी नियन्त्रणमा आउन नसकेको हो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।