दामोदर भुसाल अब काङ्ग्रेस हुनु हुन्न , कोहि पनि बागी उम्मेदवार छैनन् – सभापती पन्थी

0 200

असोज २७ गुल्मी ।
नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसाल अब नेपाली काङ्ग्रेसको साधारण सदस्य पनि नरहेको बताएका छन् ।

आज संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ञकझले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पार्टीको निर्णय विपरीत जाने काङ्ग्रेसको सदस्य हुन नसक्ने बताउदै उनलाई पार्टीले कारबाही गरेको कुरा जानकारी गराएका हुन । उहाँ काङ्ग्रेस नभएको कुरा महिले भनेको होइन केन्द्रले भनेको हो ।

हिजो मात्रै केन्द्रले विज्ञप्ति जारी गरि सो कुरा जानकारी गराएको पन्थीले उल्लेख गरे ।

ad

साथै उनले भने ” हामी सबैले सम्झाई बुझाई गर्दा मान्नु भएन उहाँ जस्तो विद्वान डाक्टर मान्छेलाई पार्टीले कारबाही गर्दा दुःख लागेको छ ” साथै उनले थपे दामोदर बागी उम्मेदवार उठेर कतै निर्वाचन हारिन्छ कि भन्ने चिन्ता छ भने त्यो चिन्ता हटाईदिनुस काङ्ग्रेस बाट कोहि पनि बागी उम्मेदवार छैनन् ” ।

साथै यस पटकको निर्वाचन गठबन्धनले सजिलै जित्ने उनको दावी छ । सबै दलका नेता ,कार्यकर्ता ईमानदार पुर्वक लाग्न उनले निर्देशन समेत दिएका छन् ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।