स्वरोजगारलाई पहिलो प्राथमिकतामा राख्छु :नेता पाण्डे

0 252

अमर पन्थ , बुटवल
नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं. १ प्रदेश ख का उम्मेद्वार फर्सुराम पाण्डेले आफ्नो पहिलो प्राथमिकता सबैलाइ स्वरोजगार बनाउनु रहेको बताएका छन ।  छत्रकोटको स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने “मेरो पहिलो प्राथमिकता स्वरोजगार बनाउनु हो म विगत २५ बर्षदेखि उद्यमशीलता विकास र स्वरोजगार बन्ने प्रेरणा दिने अभियानमा लागेको छु स्थानीय श्रोत साधनलाई प्रयोग गरी सयौं उद्योग स्थापना र संचालन गरेको अनुभव समेत छ ।” अबको राजनिती बिकास र आर्थिक समृद्धि संग जोडिएको हुनाले युवा बर्गको भावना समेटेर अगाडि बढ्नुपर्ने उनले बताए ।

पाण्डेलाई प्रदेशमा उठाउने एमालेको निर्णयले समग्र गुल्मेली जनताले अव गुल्मीको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छन् । पाण्डेको उम्मेदवारीले गुल्मी जिल्लामा नेकपा एमालेले विजय हासिल गर्ने कुरामा ढुक्क भएको स्थानीय वासिन्दाको विश्वास छ।

को हुन् फर्शुराम पाण्डेय ?

ad

वि.सं. २०४२ सालमा पार्टीको सांगठनिक सदस्यता प्राप्त गरी अनेरास्ववियुको दिल्ली नगर कमिटीको सचिवबाट आफ्नो राजनैतिक जीवन सुरू गरेका पाण्डे त्यसयता निरन्तर पार्टीको विभिन्न विभागमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गर्दै आएका छन् ।

२०४८ सालको आम निर्वाचनमा पार्टीको जनसांस्कृतिक अभियानको नेतृत्व गर्दै लुम्विनी र गण्डकी क्षेत्रमा प्रचार प्रसारको काम गरेका पाण्डेले २०५४ सालमा नेपालगञ्ज महाधिवेशनमा पार्टी विभाजनको प्रतिकार गर्दा माले समूहबाट अपहरण र कुटपिट समेत सहेको स्मरण गर्छन् ।

गुल्मी–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षको भूमिका कुशलतापूर्वक सम्पन्न गरेका पाण्डे अहिले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, केन्द्रीय सम्पर्क समन्वय कमिटीको सदस्य, लुम्विनी प्रदेश कमिटी सदस्य र पार्टीको उद्योग व्यवसायीवीचको संगठन नेपाल राष्ट्रिय बाणिज्य संघको केन्द्रीय महासचिव छन् ।लायन्स क्लव गुल्मीको अध्यक्ष भैसकेका पाण्डे गुल्मीलाई सेवा क्षेत्र मानेर हजारौं मानिसको आँखाको शल्यक्रिया र उपचार गराएर गुल्मेली जनताको माया र आशिर्वाद पाएका छन् ।
उनको सरल स्वभाव ,बोलीमा मिठास ,स्वच्छ छवि राजनीतिप्रतिको योगदान र एमालेको बोलियो संगठन लगायत कारणले एमालेको जित निश्चित भएको नेकपा एमाले छत्रकोट गाउँ कमिटी सचिव यज्ञ बहादुर पाण्डेले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।