अनिल खत्री
२८ असोज, गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्य पदमा २५ वर्ष अघिकै प्रतिषपर्धि उम्मेदवार बनेका छन् । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका डिल्लीराज भुसाल र नेपाली कांग्रेसका भुवन श्रेष्ठ बिच २५ वर्ष अघिबाट एउटै पदमा प्रतिस्पर्धा हुदै आएको हो ।
तत्कालिन तम्घास गाविसको अध्यक्ष पदका लागी २०५४ सालमा सम्पन्न स्थानिय निकाय निर्वाचन र २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भुवन प्रसाद श्रेष्ठ र एमालेबाट उम्मेदवार बनेका डिल्लीराज भुसाल २५ वर्ष अघिकै प्रतिस्पर्धी बनेका छन् । ०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए ।
०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा भने एमालेका भुसाल निर्वाचत भएका थिए । प्रदेश सभा निर्वाचनमा भुसाल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
कांग्रेस गठबन्धन गरेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ । २०४९ सालदेखि स्थानीय निकायमा जनप्रतिनिधी भएका काम गरेका श्रेष्ठ र ०७४ सालमा नगरप्रमुख भएर काम गरेका भुसाल बिच कडा प्रतिस्पर्धा रहेको छ ।
दुबै उम्मेदवारको जनप्रतिनिधि भएका काम गरेको अनुभव रहेको छ । दुबै उम्मेदवार आफना चुनावी प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा मत माग्न व्यस्त रहेका छन् ।