संबिधानको रक्षा गर्न गठबन्धन : नेता भण्डारी

केपी ओलीको अंहकारीका कारण गठबन्धन :  सुदर्शन बराल

0 157

गुल्मीः गुल्मी निर्वाचन क्षेत्र नम्वर एकका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संबिधानको रक्षा गर्नका लागि गठबन्धन भएको बताएका छन् ।

 

निर्वाचन क्षेत्र नम्वर एकको संयुक्त गठबनधन निर्वाचन परिचालन समितिको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै भण्डारीले संबिधानको रक्षा गर्नका लागि अहिलेको गठबन्धन भएको दाबी गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेता भण्डारीले संबिधान माथि पटक पटक आक्रमण गर्ने र संबिधान विपरीत काम गरेकाले गठबन्धन भएको दाबी बतए ।

ad

गुल्मी क्षेत्र नम्वर एकको सम्रग बिकास गर्न र नमूना गुल्मी जिल्ला बनाउनका लागि गठबन्धनलाई जिताउनका लागि भण्डारीले आग्रह गरे ।


केपी ओलीको अंहकारीका कारण गठबन्धन : सुदर्शन बराल

सोही निर्वाचन क्षेत्रको प्रदेश सभा १ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केपी ओलीको अंहकार र स्वच्छचारीका कारण र प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नका लागि गठबन्धन भएको बताए ।

अहिले यो उ भन्दा पनि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न सकिने भन्दै दाँया बाँया नगरी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न उनले आग्रह गरे ।

आफूले यो समयमा गरेका प्रतिबद्धताहरुलाई अक्षरसह पालना गर्ने भन्दै युवाहरुको मनोभावनालाई बुझेर अगाडि बढ्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

सोही प्रदेशको २ का उम्मेदवार धनेन्द्र कार्कीले यस क्षेत्रको बिकासमा आफूले समय खर्चिने भन्दै काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे ।

यस निर्वाचन क्षेत्रको प्रतिनिधि सभाका लागि नेकपा एमालेका प्रदीपकुमार ज्ञवाली र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी बीच प्रतिस्पर्धा हँुदैछ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।