आन्तरिक लोकतन्त्रको अभावले इमानदार र सक्षम कार्यकर्ता पीडित बनेः स्वतन्त्र उम्मेदवार डा.भुसाल

0 222

अजय खड्का
असोज २८ , गुल्मी ।
गुल्मी क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका डाक्टर दामोदर भुसालले आफ्ना चुनावि प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस र गठबन्धनको बिद्रोह गरेर गुल्मी क्षेत्रनम्बर–२ मा प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पुर्व केन्दीय सभापति समेत रहेका भुसालले आज तम्घासमा प्रत्रकार सम्मेलन मार्फत चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरेका हुन् ।
लोकतान्त्रिक मुल्य,मान्यता र पद्दतिलाई सम्पूर्ण व्यक्ति ,संस्था र राष्ट्को जीवनपद्दतिका रुपमा विकास गर्ने, प्रतिनिधि सभाका सदस्यहरुको भुमिका राज्यको नीति निर्माण तहमा प्रभावकारी बनाउने ,सङ्घीय सरकारको अनुदारवादी सोचका कारणले प्रदेश सरकारको औचित्यमा प्रश्न खडा भएकाले प्रदेश संरचनालाई सङ्घीयताको अवधारणा अनुसार प्रभावकारी बनाउने नीतिगत व्यस्था वा वर्तमान स्वरुपमा रहने अवस्थामा खारेजीका लागि संसदमा वहस चलाउने लगाएतका ७ वटा प्रतिवद्धता चुनावी एजेन्डा अगाडी सारेका छन् ।
भुसालले हरेकपार्टी भित्र आन्तरिक लोकतन्त्रको अभावले इमानदार र सक्षम कार्यकर्ता पीडित बनेका बताउलै प्रदूषित राजनीतिले मुलुकका सबै क्षेत्र प्रभावित भैरहेको वर्तमान समयमा हरेक सचेत नागरिकले आफ्नो व्यक्तिगत लाभहानी भन्दा माथि उठीलोकतान्त्रिक व्यवस्थाको रक्षा रराजनितिक शुद्धीकरणका लागि विद्रोहकोशंखघोष गर्नुपर्ने अवस्था सिर्जना बताए ।
राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको क्षेत्रमा देखिएको स्वेच्छाचारिता अन्त्य गर्न तीन वटै अङ्गलाई लोकतान्त्रिक पद्धति संसदीय प्रणाली र विश्वव्यापी न्याय प्रणालीका मान्यता अनुरुप संचालन गर्न पैरवी गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् । स्थानिय तहदेखी सङ्घिय सरकार सम्म बढ्दै गएको भ्रष्टाचार र अनियमितताको नियन्त्रण र निवारण गर्न वर्तमान संरचनावाट सम्भव नदेखिएकाले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली संयन्त्र स्थापना गर्ने पहल गर्ने डाक्टर भुसालले बताए ।
गठबन्धनको बिरोध गर्दै आएका डाक्टर भुसालले नेपाली कांग्रेसबाट बिद्रोह गरेर गुल्मी क्षेत्रनम्बर–२ मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गुल्मी क्षेत्रनम्बर–२ मा गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिँदै डाक्टर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
भुसालले गठबन्धन गरेर अन्य पार्टीलाई उम्मेदवार जाँदा नेपाली कांग्रेसको पार्टी संरचना ध्वस्त हुने भन्दै पार्टी जोगाउन आफनो उम्मेदवारी कायम रहेको बताएका छन् । नेपाली कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति समेत बनेका भुसाल हाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य थिए ।
उनलाई नेपाली कांग्रेस क्षेत्रिय समितिबाट प्रतिनिधि सभाका लागि उम्मेदर बनाउन सिफारि गरेको थियो । गुल्मी जिल्लाको समग्र विकासका लागि आफनो उम्मेदवारी भएको प्रतिक्रिया दिए ।
क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट गोकर्णराज बिष्टले र गठबन्धनबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्री बिच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसबाट बिद्रोह गरेका भुसालको उम्मेदवारीले गठबन्धनलाई भारी पर्ने देखिएको छ ।
स्वतन्त्र उम्मेदवार डाक्टर भुसालले त्रिभुज चुनाव चिन्ह लिएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।