गुल्मी हङकङ समाजका अध्यक्ष बावुराम क्षेत्रीद्धारा मन्दिर निर्माणको लागि आर्थिक सहयोग

0 1,890

सूर्य सुनार २९ असोज गुल्मी
गुल्मी हङकङ समाजका अध्यक्ष बावुराम क्षेत्रीले आफ्नो जन्म दिनको अवसरमा मन्दिर निर्माणको लागि २० हजार आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ दाँहाचौर घर भइ हाल हङकङमा कार्यरत क्षेत्रीले बारुकामा निर्माण हुन लागेको शिवालय मन्दिर र सरस्वती मन्दिरको लागि आर्थिक सहयोग गर्नुभएको मन्दिर निर्माण समितिका अध्यक्ष सुमेन्द्र सिहँ ठकुरीले जानकारी दिनुभयो ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४ बारुकामा मुसिकोट माध्यामिक विद्यालय प्राङ्गणको खेल मैदान छेउमा शिवालय मन्दिर र सरस्वती मन्दिर बनाउनको लागिएको हुँदा उहाँले नगद सहयोग गर्नुभएको हो ।

गुल्मी क्षेत्री समाज हङकङका संरक्षक तथा Director Pyramid construction का संचालक समेत रहनुभएका बावुराम क्षेत्रीले समाजमा धेरै क्षेत्रमा आर्थिक सहयोग गरेर उदारणीय काम भएका छन् ।

समाजसेवी बावुराम क्षेत्रीले हालै सम्पन्न वामी विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समितिले आयोजना गरेको तेस्रो नौमती साँस्कृतिक महोत्सव तथा वामी मेलामा महोत्सव मिडिया सौजन्य, त्रिभुवन माध्यामिक विद्यालय भुवाचिदीको लागि नगद २ लाख आर्थिक सहयोग, जनता निम्न माध्यामिक विद्यालय आरुपाटाको लागि १ लाख आर्थिक सहयोग, पछाइ कूल मन्दिर निर्माणको लागि ३ लाख आर्थिक सहयोग, मुसिकोट माध्यामिक विद्यालय बारुका ४ का भूतपूर्व विद्यार्थी मञ्चको लागि ३० हजार सहयोग, लगायतका थुपै्र क्षेत्रमा समाजसेवी क्षेत्रीले सहयोग गर्नुभएको छ ।

ad

मन्दिर निर्माण समितिका अध्यक्ष एवम समाजसेवी सुमेन्द्र सिहँ ठकुरीले गरेको सहयोगको प्रशंसा गर्नुभएको छ । उहाँले विदेशमा रहेर पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाले गरेको सहयोगको मुल्याङन गर्दै धन्यवाद व्यक्त गर्नुभएको छ । समाज धेरै विकासका काम हुदै गर्दा प्राय धेरै नै क्षेत्रमा समाजसेवी क्षेत्रीले आर्थिक र भौतिक सहयोग गरेको हुँदाको थप प्रगति उन्नतीको कामना समेत गर्नुभएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।