गर्ने कामको कुरा मात्र बोल्ने ईमान्दार उम्मेदवारको रुपमा परिचत पन्थी मतदाताको मन जित्दै

0 166

२९ असोज, गुल्मी ।

मंसिर ४ गते हुने निर्वाचनमा गुल्मी क्षेत्रनम्बर– २ को प्रदेश सभा (ख) क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवार दिनेश पन्थी जिल्लामा सोझा र ईमान्दार नेताको रुपमा परीचितछन् । पन्थी गाउँगाउँमा पुग्दा उनको ईमान्दारीताले गर्दा जनताले निकै मन पराएको चुनावीप्रचार टोलीको दावी छ । चुनावी अभियानकै क्रममा मतदाताको घरमा पुग्ने गरेका पन्थी र उनको स्वभावलाई देखेर गाउँले मतदाताहरु उत्साहित छन् । पन्थी धेरै आश्वासनदिने थोरै कामगर्ने नेताहरुको विचमा कामगर्ने कुरा मात्रबोल्ने ईमान्दार उम्मेदवारको रुपमा परिचत छन् । उनले मतदातसँग भेटेर ठूलो आस्वासन पनिदिने गरका छैनन् ।

ad

उनले ‘विकासकालागि योजनाचाहिन्छ, एजेण्डाचाहिन्छ, त्यहि एजेण्डाका कारण निरंकुश राजतन्त्रहटेर गणतन्त्रआयो, सबैलाई समेट्ने अधिकार आए, सिँहदरबारको अधिकार गाउँगाउँमा आएको बताए । उनले अव हामीसंग विकासको एजेण्डा छ, विकास पनि सबै जनता हर्षित हुने गरी कसैलाई काखा, कसैलाई पाखा नगर्ने गरि काम गर्ने बताए । मात्रै जनतालाई सुविधा र आर्थिक समृद्धिहुने गरि त्यसतर्फ आफू प्रतिवद्धभएर लाग्ने गरेको उनको भनाई छ । जनतालाई समस्यापर्दा अविभावकको रुपमा हेर्ने नेताले नै हो, दुःखविमार पर्दा म यो क्षेत्रकासबैको अविभावकको रुपमाकाम गर्ने बताए । चुनावी घरदैलो गर्ने क्रममा अरु पार्टीका उम्मेदवारहरुको छुद्र आलोचजना नगर्ने उम्मेदवार पन्थीले ०७४ सालमा सम्पन्न निर्वाचनमा गठबन्धनबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

पन्थीले प्रदेश सांसद हुँदा आफनो क्षेत्रमा धेरै विकास निर्माणका काम गरेका थिए । कतिपय कामहरु सुरुवात गरेरकाले ती कामहरु पनि पुरा गर्न यसपटक आफु निर्वाचित गर्न मतदातालाई आग्रह गरे । पन्थीसँग गठबन्धनबाट माओवादीका बुद्धि जिसीसँग प्रतिस्पर्धा हुँदै छ । पन्थी जिसी कुनै बेला एउटै पार्टीमा थिए । तर अहिले पन्थी एमालेमा रहेका छन् भने जिसी माओवादी केन्द्र तिर छन् । यी नेताहरु बिच हुने निर्वाचन निकै रोचक रुपले हेरिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।