प्रहरी दिवस – गुल्मीमा प्रहरी अधिकृत सहित १८ जना पुरस्कृत

0 324

सूर्य सुनार असोज ३१ गुल्मी
प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे १८ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत गरेको छ । नेपाल प्रहरीको ६७ औं स्थापना दिवसको अबसरमा बिभिन्न बिधामा उदारणिय र उत्कृष्ट कार्य सम्पादन आधारमा जिल्ला भर रहेका मध्य प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुमा प्रहरी निरिक्षक यम लाल बन्जाडे, प्रहरी नायब निरिक्षक कृष्ण प्रसाद अचार्य, प्रहरी सहायक निरिक्षक राजु थापा, प्रहरी हवल्दार टेक बहादुर बस्नेत, प्रकाश मुराउ, जीवन वि.क, विक्रम गुरुङ, कृष्ण बहादुर रायमाझी, टेक बहादुर खत्री, प्रहरी जवानहरुमा मिन बहादुर रास्कोटी, रेम बहादुर भुजेल, बसन्त गाहा मगर, सुनिल नेपाली, ओम प्रकाश कठरिया, उमेश कुमाल बसेल, सरोज श्रेष्ठ, हुमन थापा, र सुरेन्द्र गाहालाई नगद सहित प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले सम्मान गर्नुभएको हो ।

दिवसको अबसरमा शहिद परिवारका ९ जना श्रीमतीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले प्रहरीले आम नागरिकको शान्ति सुरक्षा गर्न र बिपद व्यवस्थापनमा खेलेको भूमिका प्रशंसनिय रहेको बताउनुभएको थियो । प्रहरीले नागरिकसँग सहकार्य गरे अगाडी बढेर शान्ति सुरक्षा कायम गर्न लागि परिरहेको पौडेलले बताउनुभयो ।

ad


कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरिक्षक अर्जुन रानाभाटाले नागरिसँग सहकार्य गरेर आम नागरिकको शान्ति सुरक्षा गर्ने सवालमा सहकार्य गरेर अगाडी बढिरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जिल्ला प्रहरी कार्यालय गुल्मीले गरेका कामको प्रशंसा गर्दै आगमी दिनमा पनि रचनात्मक काम गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा प्रहरी नायव उपरिक्षक माधव खरेलले प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले पठाएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । कार्यक्रमको संचालन प्रहरी निरिक्षक श्याम प्रकाश यादवले गर्नुभएको थियो ।

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।