गुल्मी क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा बलिया उम्मेदवार भुसाल

नगरप्रमुख रहदा भुसालको ५ वर्ष

0 1,050

अजय खड्का
कार्तिक १ , गुल्मी ।
मंसिर ४ गते हुने निर्वाचनमा गुल्मी क्षेत्रनम्बर– २ को प्रदेश सभा (क) क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवारी दिएका डिल्लीराज भुसाल पूर्व नगरप्रमुख हुन् । २०७४ असार १४ गते भएको स्थानिय तहको निर्वाचनमा गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा तीन प्रमुख दल एक्ला एक्लै लडेका थिए जसमा प्रमुख उपप्रमुख दुबै पद झिनो मतले एमालेले जितेको थियो । कांग्रसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठलाइ १ सय ८७ मतान्तरले पराजित गर्दै नगरप्रमुखको जिम्मेवारी नेकपा एमालेका डिल्लीराज भुसाल पाएका थिए । यसपटक पनि प्रदेश शभा सदस्य पदको लागि गुल्मीक्षेत्र नम्बर २ (क)मा भुसाल र श्रेष्ठ विच प्रतिस्पर्धा रहेको छ ।
नगर प्रमुखको पदमा रहेर ५ वर्षको कार्याकालमा जनतासामु आफुले गरेका ९० प्रतिशत भन्दा धेरै बाचाहरु पुरा गरेको भुसालले बताए ।

नगरप्रमुख रहदा भुसालको ५ वर्ष
भुसालको कार्यकालमा नगरपालिका भित्रका भएका शैक्षीकसंस्थाहरुको गुणस्तरमा वृद्धि भएको छ । ५ वटा विद्यालयमा १२ कक्षा संचालन भएको छ भने ३ वटा विद्यालयमा प्रविधिक विषय संचालन भएका छन् । यस्तै १६ वटा (२ वटा ट्रस भवन सहित) नयाँ भवन निर्माण, शौचालय निर्माण लगाएत नगर भित्र रहेका सबै विद्यालयमा दवन्दी पुरा भएको थियो ।


नगरपलिका भित्र खानेपानी समस्यालाई मध्यनजर गर्दै यसको दिर्घकालिन समस्या समाधान गर्नको लागि वृहत खानेपानीको योजना मजेङ्ग लिफ्टिङ्ग खानेपानी योजनाको सुरुवात गरि अहिले उक्त काम अन्तिम चरणमा पुगेको छ ।

 

ad
तस्विर : निर्माणाधिन मजेङ्ग लिफ्टिङ्ग खानेपानी

 

नगरपालिका भित्र जम्मा घर ८ हजार ३५३ मध्ये ७ हजार ६८५ घरमा एक घर एक धारा सम्पन्न भएको छ ।यस्तै सुरक्षित आवास अन्तरगत नगरभित्र खरका छाना भएका ९५० घर मध्ये ९०० घरलाई टिनका छानाका रुपमा परिणत गरिएको छ ।

तस्विर:एक घर एक धारा उद्घाटन गर्दै ।

 

गुल्मी अस्पताललाई विशेषज्ञ डाक्टर सहितको अत्याधुनिक सुविधा सम्पन्न अस्पतालको काम निरन्तर चलिरहेको छ । नगरपालिका भित्र सबै नागरिकलागि स्वास्थ्यको पहुचमा पुग्नेगरी ७ वटा नयाँ भवन र ७ वटा पुराना भवनलाई स्तरउन्नती गरी १४ वटै वडाबाट आधारभुत स्वास्थ्य सेवा दिन ब्यावस्था रहेको छ ।

तस्विर : आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै

 

नगरपालिका लगाएत जिल्लाकै विद्युत समस्यालाई समाधान गर्नको लागि सबस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नगरलाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउन विस्तार गर्नको लागि रेसुङ्गा, अर्जुन, उनाएचौर, गर्जुरा लागाएतका ठाउहरुमा बिभिन्न संरचनाहरु निर्माण भएका छन् र केहि ठाउमा सम्पन्न हुने तयारीमा छन ।

तस्विर : निर्माण भैरहेका १३२ केभिए राष्ट्रिय विद्युत् प्रसारणलाइनका दुई ठूला विद्युत् सबस्टेसन

 

यस्तै खेलकुदलाई मध्यनजर गरि रेसुङ्गा नगरपालिका ७ को उनाएचौरमा रंगशाला निर्माण को चलिरहेको छ । किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणमा सहजिकरण गर्न नगरपालिकाले हाटबजार संचालन गरको छ ।

तस्विर : हाटबजार ।

 

यस्तै सडकको क्षेत्रमा १४ किलोमिटर सडक कालो पत्रे सडकपत्रै भएको छ । ७ किलोमिटर ढलान र ४ किलोमिटर नयाँ ट्राक खोलिएको छ । यस्तै १९० किमी स्तरउन्नती भएको छ भने ५० किलोमिटर ग्रावेल भएको छ ।

नगर भित्र रहेका १४ वटा वडा कार्यालयहरुलाई ब्यावस्थीत बनाएर सवै वडामा स्तरउन्नती सहितको सडकको पहुच पुराइएको भुसालले बताए । भुसालले कार्यकालमा मासिक ७६ हजार भडा तिरेर बस्दै आएको कार्यालयबाट सारी आफ्नै प्रशासकीय भवनबाट सेवा प्रदान गर्न सफल भएको थियो ।

तस्विर : रेसुङ्गा नगरपालिकाको प्रशासकिय भवन ।

 

यस्तै कोरोनाको महामारीको समयमा आफु निरन्तर खटिएको भुसालले बताए । रेसुङ्गा नगरपालकामा नगर प्रमुखको आफ्नो जिम्मेवारी सफलता पुर्वक पुरा गरेका बताउदै आफु प्रदेश सभामा निर्वाचित भएपछि पनि आफ्नो क्षेत्रमा निरन्तर लागिरहने भुसालले बताए ।

२५ वर्ष अघिदेखि एउटै पदमा भुुसाल र श्रेष्ठ प्रतिस्पर्धी
गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को प्रदेश सभा (क) मा उम्मेदवार बनेका नेकपा एमालेका डिल्लीराज भुसाल र नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ बिच २५ वर्ष अघिबाट एउटै पदमा प्रतिस्पर्धा हुदै आएको छ । तत्कालिन तम्घास गाविसको अध्यक्ष पदका लागी २०५४ सालमा सम्पन्न स्थानिय निकाय निर्वाचन गाविस अध्यक्ष पदमा भुसाल र श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो । त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए ।
त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसाल बिच प्रतिस्पर्धा भएको थियो । ०७४ सालको चुनावमा नेकपा एमालेका भुसालल श्रेष्ठलाई १ सय ८७६ को मतान्तरले पराजित गरेका थिए । अहिले फेरि एउटै पदमा प्रदेश सभा निर्वाचनमा भुसाल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा हुँदैछ । यसरी पटकपटक एउटै पदमा एउटै प्रतिस्पर्धी हुँदै आएका छन् । दुबै जना रेसुङ्गा नगरपालिका वडानम्बर–१ निवासी हुन् । यसपटक कांग्रेसले गठबन्धन गरेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ ।
२०४९ सालदेखि स्थानीय निकायमा जनप्रतिनिधी भएका काम गरेका श्रेष्ठ र ०७४ सालमा नगरप्रमुख भएर काम गरेका भुसाल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुबै उम्मेदवारको जनप्रतिनिधि भएका काम गरेको अनुभव रहेको छ । दुबै उम्मेदवार आफ्ना चुनावी प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा मत माग्न व्यस्त रहेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।