गुल्मीमा सवारी चालकहरुको निशुल्क आँखा जाँच

0 296

अनिल खत्री २ कार्तिक, गुल्मी
गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सवारी चालकहरुको आँखा जाँच शिबिर गरिएको छ । जिल्लामा रहेका बिभिन्न सवारी चालकहरुको निशुल्क रुपमा आँखाको जाँच गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा निशुल्क रुपमा आँखा जाँच शिविर सुरु गरिएको हो । ‘आँखा उपचारमा निरन्तरत दिऔं ध्यान, आफ्नो र यात्रुहरुको बचाऔं ज्यान’ भन्ने नाराका साथ सवारी चालकहरुको लागि निशुल्क शिबिर आयोजना गरिएको हो ।
शिबिरको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलको आँखा जाँचगरेर सुरुवात गरिएको थियो । ४ दिनसम्म चल्ने शिविरमा जिल्ला भर रहेका यात्रुवाहक सवारी चालकहरुको निशुल्क रुपमा आँखा जाँच गरिनेछ ।

शिविरको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आँखा महत्वपूर्ण भएकाले समय समयमा चेकजाँच गरिरहनु पर्ने बताउनु भयो । सवारी चालकहरुको आँखा जाँचले आँखाकै कम्जोरीका कारणले हुनसक्ने दुर्घटना न्यूनिकरण हुने बताउनु भयो ।
पछिल्लो समय बढ्दो दुर्घटना आँखाको कम्जोरी हुँदा पनि हुनसक्ने भएकाले शिबिर सञ्चालन गरिएको हो ।

ad

निशुल्क रुपमा आँखा जाँच गराउन पाउदा सवारी चालकहरु उत्साहित भएका छन् । आफनो आँखाको अवस्था बारे जानकारी लिन पाउदा सवारी चलाउनको निम्ति पनि ढुक्क हुने सवारी चालकहरुको भनाई छ ।

सवारी दुर्घटनाका कारणहरु मध्ये चालकको आँखाको दृष्टि कम्जोरका कारण पनि रहेकाले शिबिर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताउनु भयो ।
शिबिरमा आँखाको अवस्थाको जाँच र आखाको प्रेसरको पनि जाँच गरिने आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।